— निर्वाचन आयोगले विशेष महाधिवशेन पक्षलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षका कार्यवहाक सभापति पूर्णबहादुर खड्काले आफूहरु राजनीतिक र कानुनी दुवै लडाइँमा लाग्ने प्रतिक्रिया दिएका छन् ।
निर्वाचन आयोगले विशेष महाधिवशेनवाट सभापति चुनिएका गगनकुमार थापा पक्षलाई मान्यता दिएपछि खड्काले विधान विपरीत विशेष भेला भएको र त्यसलाई मान्यता दिएको दाबी गरे ।
निर्वाचन आयोग परिसरमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले अब सर्वोच्च अदालत निर्वाचन आयोगविरुद्ध जाने संकेत गरेका हुन् ।
‘निर्वाचन आयोगको षड्यन्त्रपूर्ण निर्णय आएको छ । यो आयोगको स्थापित नजिर विपरीत गर्दछ,’ उनले भने, ‘यो अमान्य छ । संस्थापन पक्ष खारेज गर्छ । राजनीतिक वैधानिक र राजनीतिक लडाइँ लड्छौं । सेटिङ भएको भनिएका छन् । एक पक्षले दावी गरेको निर्णय आएको छ । बारेमा सभापति शेरबहादुर दउवाको नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति यथावत छ । निर्वाचन आयोगले आधिकारिक सभापति र केन्द्रीय समितिलाई एक पटक नबोलाई, निर्वाचन आयोगको निर्णय गर्ने प्रक्रियाको खिलापमा छ । पार्टी विधान र नियमावली विपरीत छ ।’