मुख्य समाचार
रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा संशोधन गर्ने निर्णयको विरोध
रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा संशोधन गर्ने निर्णयको विरोध

: नेपाल बार एसोसिएसनले महान्यायाधिवक्ताको कार्यालयको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा संशोधन गर्ने निर्णयको विरोध गरेको छ। बारले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन आग्रह समेत गरेको छ।




मुद्दा फिर्तासम्बन्धी उक्त निर्णय प्रचलित कानुनी व्यवस्था र यसअघि सर्वोच्च अदालतले मुद्दा फिर्तासम्बन्धी प्रतिवादन गरेका सिद्धान्त विपरित रहेको बारको बुझाइ छ।


विज्ञप्तिमा भनिएको छ,'मुद्दा फिर्ता सम्बन्धी उक्त निर्णय प्रचलित कानुनी व्यवस्था र यसअघि सर्वोच्च अदालतले मुद्दा फिर्ता सम्बन्धी प्रतिवादन गरेका सिद्धान्त विपरित छ। यस प्रकारको छनौटपूर्ण अवधारणामा नै असर पुर्‍याउँदछ। यस विषयले फौजदारी न्याण प्रणालीमाअ नै गम्भीर विचलन ल्याइ कानुनको शासनो उल्लंघन भ कार्यकारीको स्वेच्छाचारितालाई बढावा दिने स्पष्ट छ। अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरणले दण्डहिनतालाई प्रश्रय दिइ फौजदारी न्यायको आत्म मार्ने भएकाले कानुन शासनक प्रत्याभूतिका लागि उक्त निर्णयको विरोध गदर्छौं।'



पुस २० गते महान्यायाधिवक्ता कार्यालयले रास्वपाका सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने निर्णय गरेको हो। महान्यायाधिवक्ता सविता भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी हुन्।

उक्त निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट समेत परेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन्। भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उनले मुलुकको गतिका लागि पनि निर्वाचन आवश्यक रहेको बताएका हुन्। संयोजक प्रचण्डले निर्वाचन हुने या नहुने भन्नेमा दुबिधामा नरहन आग्रह गरे। सरकारले निर्वाचन गर्नेमा आफू विश्वस्त रहेको उनले बताए। उनले भने,ʻमैले आफ्नो दलको टिकट ...
: कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति चयन भएका विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई कसैको धम्कीबाट प्रभावित नहुन आग्रह गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गर्दै शर्माले धम्कीबाट प्रभावित नहुन आग्रह गरेका हुन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूको पक्षमा निर्णय नभए देशभर आन्दोलन गर्छु भन्ने प्रकृतिको अभिव्यक्तिले दिनु दुःखद रहेको शर्माको भनाइ छ। 'अहिले भएको प्रक्रियालाई ...
: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर -३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ । त्यस्तै झापा निर्वाचन झापा- १ का ...
रुकुमपूर्वमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ
: प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने बताएकी छन्। शुक्रबार बालुवाटारमा नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले विगतमा पैसाको खेल भयो भन्ने गुनासो आएको भन्दै भ्रष्टाचार अन्त्य गर्नका लागि आगामी चुनावमा पैसाको खेल हुनबाट रोक्नुपर्ने बताएकी हुन्। प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि ...