मुख्य समाचार
पूर्णबहादुर खड्काले महामन्त्रीद्वयले प्रतिनिधिहरूलाई झुठो आश्वासन दिएर विधान विपरीत विशेष महाधिवेशन गरेको आरोप
पूर्णबहादुर खड्काले महामन्त्रीद्वयले प्रतिनिधिहरूलाई झुठो आश्वासन दिएर विधान विपरीत विशेष महाधिवेशन गरेको आरोप

: नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वयले प्रतिनिधिहरूलाई झुठो आश्वासन दिएर विधान विपरीत विशेष महाधिवेशन गरेको आरोप लगाएका छन्। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक सभापति खड्काले महामन्त्रीहरू थुप्रै भ्रमहरू फैलाइएको आरोप लगाए।


उनले 'पार्टी फुट्न थाल्यो भने हलबाट निस्किने मै हुन्छु' भनेर महाधिवेशन प्रतिनिहरूलाई झुठो आश्वासन दिएको बताए। 'महामन्त्रीहरूले विशेष महाधिवेशनले पार्टी फुट्दैन। पार्टी फुट्न थाल्यो भने हलबाट निस्किने मै हुन्छ भनेर प्रतिनिधिहरूलाई झुठो आश्वासन दिए। अन्ततः उनीहरूले नयाँ नेतृत्वका नाममा पार्टीलाई बिखण्डन गरे,' खड्काले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन्। भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उनले मुलुकको गतिका लागि पनि निर्वाचन आवश्यक रहेको बताएका हुन्। संयोजक प्रचण्डले निर्वाचन हुने या नहुने भन्नेमा दुबिधामा नरहन आग्रह गरे। सरकारले निर्वाचन गर्नेमा आफू विश्वस्त रहेको उनले बताए। उनले भने,ʻमैले आफ्नो दलको टिकट ...
: कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति चयन भएका विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई कसैको धम्कीबाट प्रभावित नहुन आग्रह गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गर्दै शर्माले धम्कीबाट प्रभावित नहुन आग्रह गरेका हुन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूको पक्षमा निर्णय नभए देशभर आन्दोलन गर्छु भन्ने प्रकृतिको अभिव्यक्तिले दिनु दुःखद रहेको शर्माको भनाइ छ। 'अहिले भएको प्रक्रियालाई ...
: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर -३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ । त्यस्तै झापा निर्वाचन झापा- १ का ...
रुकुमपूर्वमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ
: प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने बताएकी छन्। शुक्रबार बालुवाटारमा नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले विगतमा पैसाको खेल भयो भन्ने गुनासो आएको भन्दै भ्रष्टाचार अन्त्य गर्नका लागि आगामी चुनावमा पैसाको खेल हुनबाट रोक्नुपर्ने बताएकी हुन्। प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि ...