मुख्य समाचार
अर्घाखाँचीमा निर्वाचन प्रहरीमा माग संख्या भन्दा कम आवेदन परेको छ
अर्घाखाँचीमा निर्वाचन प्रहरीमा माग संख्या भन्दा कम आवेदन परेको छ

: अर्घाखाँचीमा निर्वाचन प्रहरीमा माग संख्या भन्दा कम आवेदन परेको छ।




आउँदो फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि आह्वान गरिएको निर्वाचन प्रहरी भर्नामा माग भए जति आवेदन नपरेपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले २ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसिले बताए।


निर्वाचन प्रहरी कुल १२ सय ६५ जनाका लागि माग भए पनि १ गतेसम्म ९ सय ४५ जनाले मात्र आवेदन राखेपछि आज र भोलिका लागि म्याद थप गरिएको हो। विगतका निर्वाचनमा म्यादी प्रहरीमा भर्ना हुने युवाहरूको आकर्षण बढी भएपनि अहिलेको निर्वाचनमा आकर्षण घटेको हो।



निर्वाचन प्रहरीमा भर्ना हुनेले जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सन्धिखर्क, सन्धिखर्क सशस्त्र प्रहरी बल नेपाल ३६ नम्बर गुल्म लदाम, इलाका प्रहरी कार्यालय ठाडा र इलाका प्रहरी कार्यालय खनमा फारा भर्न सक्ने व्यवस्था छ। हालसम्म ८ सयको आवेदन परेकाले पुनः आज र भोलीको म्याद थपिएको सूचना अधिकारी झलक शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन्। भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उनले मुलुकको गतिका लागि पनि निर्वाचन आवश्यक रहेको बताएका हुन्। संयोजक प्रचण्डले निर्वाचन हुने या नहुने भन्नेमा दुबिधामा नरहन आग्रह गरे। सरकारले निर्वाचन गर्नेमा आफू विश्वस्त रहेको उनले बताए। उनले भने,ʻमैले आफ्नो दलको टिकट ...
: कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति चयन भएका विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई कसैको धम्कीबाट प्रभावित नहुन आग्रह गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गर्दै शर्माले धम्कीबाट प्रभावित नहुन आग्रह गरेका हुन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूको पक्षमा निर्णय नभए देशभर आन्दोलन गर्छु भन्ने प्रकृतिको अभिव्यक्तिले दिनु दुःखद रहेको शर्माको भनाइ छ। 'अहिले भएको प्रक्रियालाई ...
: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर -३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ । त्यस्तै झापा निर्वाचन झापा- १ का ...
रुकुमपूर्वमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ
: प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने बताएकी छन्। शुक्रबार बालुवाटारमा नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले विगतमा पैसाको खेल भयो भन्ने गुनासो आएको भन्दै भ्रष्टाचार अन्त्य गर्नका लागि आगामी चुनावमा पैसाको खेल हुनबाट रोक्नुपर्ने बताएकी हुन्। प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि ...