मुख्य समाचार
निर्वाचनका लागि प्युठानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
निर्वाचनका लागि प्युठानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। शुक्रबार वन डिभिजन कार्यालय प्युठानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।




मुख्य निर्वाचन अधिकृतको नियुक्ति तथा निर्वाचनसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण सम्पन्न भएसँगै निर्वाचन सम्पन्न गराउने जिम्मेवारी आफूहरूमा आएको मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले बताए। ‘निर्वाचन आयोगले हामीलाई दुई दिनको प्रदेशस्तरीय अभिमुखीकरण दियो,’ उनले भने, ‘एउटा झोला बाहेक केही दिएन, ऐन–नियमहरू पनि आयोगको वेबसाइटबाट डाउनलोड गरेर अध्ययन गर्दैछौँ।’


५१ प्रतिशत काम निर्वाचन आयोगले सम्पन्न गरेको उल्लेख गर्दै उनले विगतका निर्वाचनहरूको अनुभवका आधारमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने विश्वास व्यक्त गरे। एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा १५८ मतदानस्थल र २३० मतदान केन्द्र रहेका छन्। कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेको प्युठान जिल्लामा करिब १ हजार ५ सय कर्मचारी र २ हजार सुरक्षाकर्मी परिचालित हुने प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंले बताए।



निर्वाचन प्रहरीका लागि समयावधि थप

निर्वाचन प्रहरीका लागि दरखास्त दिने समयावधि थप गरिएको छ। माघ १ गतेसम्मका लागि समय तोकिए पनि आवश्यक मात्रामा दरखास्त नपरेको भन्दै जिल्ला प्रशासन कार्यालय प्युठानले दुई दिन समय थप गरेको हो।

माघ २ र ३ गते सार्वजनिक बिदा भए पनि दरखास्त दिन सकिने प्युठान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए। प्युठानमा १ हजार ५ सय ३५ जना निर्वाचन प्रहरी भर्ना हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन्। भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उनले मुलुकको गतिका लागि पनि निर्वाचन आवश्यक रहेको बताएका हुन्। संयोजक प्रचण्डले निर्वाचन हुने या नहुने भन्नेमा दुबिधामा नरहन आग्रह गरे। सरकारले निर्वाचन गर्नेमा आफू विश्वस्त रहेको उनले बताए। उनले भने,ʻमैले आफ्नो दलको टिकट ...
: कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति चयन भएका विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई कसैको धम्कीबाट प्रभावित नहुन आग्रह गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गर्दै शर्माले धम्कीबाट प्रभावित नहुन आग्रह गरेका हुन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूको पक्षमा निर्णय नभए देशभर आन्दोलन गर्छु भन्ने प्रकृतिको अभिव्यक्तिले दिनु दुःखद रहेको शर्माको भनाइ छ। 'अहिले भएको प्रक्रियालाई ...
: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर -३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ । त्यस्तै झापा निर्वाचन झापा- १ का ...
रुकुमपूर्वमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ
: प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने बताएकी छन्। शुक्रबार बालुवाटारमा नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले विगतमा पैसाको खेल भयो भन्ने गुनासो आएको भन्दै भ्रष्टाचार अन्त्य गर्नका लागि आगामी चुनावमा पैसाको खेल हुनबाट रोक्नुपर्ने बताएकी हुन्। प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि ...