: नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किएका छन्। कतार एयरलायन्सको विमानबाट राजदूत थम्पसन शुक्रबार साँझ परिवारसहित स्वदेश फर्किएका हुन्।
उनी कतार हुँदै अमेरिका प्रस्थान गरेका हुन्। कार्यकाल सकिएपछि राजदूत थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसँग औपचारिक बिदाइ भेट गरेका थिए।
गत शनिबार काठमाडौंस्थित अमेरिकी राजदूतावासले पनि कार्यक्रम गरेर राजदूत थम्पसनको बिदाइ गरेको थियो। थम्पसन २०७९ कात्तिक ४ गते तत्कालीन राष्ट्रपति विद्या भण्डारीलाई ओहोदाको प्रमाण पत्र पेस गर्दै पदभार सम्हालेका थिए।