मुख्य समाचार
निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्णय
निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्णय

: निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले चार तारे झन्डा र चुनाह चिन्ह रुखसहित गगन थापाले नेतृत्व गरेको कार्यसमितिलाई आधिकारिक कांग्रेसको मान्यता दिएको हो।




आयोगले मान्यता दिएसँगै गगन थापा आधिकारिक रूपमा नेपाली कांग्रेसको सभापति भएका छन्। तत्कालीन दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रका शर्माको अगुवाईमा पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना भएको थियो। विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।


विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरु बराल, सहमहामन्त्रीमा महिलाबाट डा. डिला संग्रौला पन्त, दलितबाट प्रकाश रसाइली, आदिवासी-जनजातिबाट बहादुर सिंह लामा, खस-आर्यबाट उदय शम्शेर राणा, मधेसीबाट मुक्ताकुमारी यादव, मुस्लिमबाट फर्मुल्ला मन्सुर, थारूबाट योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका थिए।



कांग्रेस संस्थापन पक्षले विधान विपरीत कार्य गरेको भन्दै महामन्त्रीद्वय थापा, शर्मा र सहमहामन्त्रसी मन्सुरलाई कारबाही गरेको थियो। विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि गगन थापाको समूह निर्वाचन आयोगमा अद्यावधिकका लागि निवेदन दिएको थियो। त्यसविरुद्ध संस्थापन पक्षले ८८५ जनाले हस्ताक्षर फिर्ता लिएको निवेदन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन्। भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उनले मुलुकको गतिका लागि पनि निर्वाचन आवश्यक रहेको बताएका हुन्। संयोजक प्रचण्डले निर्वाचन हुने या नहुने भन्नेमा दुबिधामा नरहन आग्रह गरे। सरकारले निर्वाचन गर्नेमा आफू विश्वस्त रहेको उनले बताए। उनले भने,ʻमैले आफ्नो दलको टिकट ...
: कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति चयन भएका विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई कसैको धम्कीबाट प्रभावित नहुन आग्रह गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गर्दै शर्माले धम्कीबाट प्रभावित नहुन आग्रह गरेका हुन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूको पक्षमा निर्णय नभए देशभर आन्दोलन गर्छु भन्ने प्रकृतिको अभिव्यक्तिले दिनु दुःखद रहेको शर्माको भनाइ छ। 'अहिले भएको प्रक्रियालाई ...
: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर -३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ । त्यस्तै झापा निर्वाचन झापा- १ का ...
रुकुमपूर्वमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ
: प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने बताएकी छन्। शुक्रबार बालुवाटारमा नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले विगतमा पैसाको खेल भयो भन्ने गुनासो आएको भन्दै भ्रष्टाचार अन्त्य गर्नका लागि आगामी चुनावमा पैसाको खेल हुनबाट रोक्नुपर्ने बताएकी हुन्। प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि ...