मुख्य समाचार
ह्वाइट हाउसले इरानले करिब ८०० जनाको मृत्युदण्ड रोकेको दाबी
ह्वाइट हाउसले इरानले करिब ८०० जनाको मृत्युदण्ड रोकेको दाबी

ह्वाइट हाउसले इरानले करिब ८०० जनाको मृत्युदण्ड रोकेको दाबी गरेको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको टोलीले हत्या जारी रहेको खण्डमा गम्भीर परिणाम भोग्नुपर्ने सन्देश पठाएपछि मृत्युदण्ड रोकिएको हो।




शुक्रबारका लागि तय गरिएको ८०० मृत्युदण्ड स्थगित भएको जानकारी बिहीबार नै ट्रप्पलाई आएको उनको दाबी छ। उनले भनिन्, ‘राष्ट्रपति ट्रम्प र उनको टोलीले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेका छन्। राष्ट्रपतिका लागि सबै विकल्पहरू खुला छन्।’


इरानमा केही दिनदेखि विरोध प्रदर्शनहरू जारी छ। बीबीसीमा उल्लेख भएअनुसार धेरै रिपोर्टहरूले इरानी अधिकारीहरूले प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिइरहेका दाबी गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले कुनै पनि प्रदर्शनकारीलाई मृत्युदण्ड दिएमा अमेरिकाले त्यसविरुद्ध कडा कारबाहीगर्ने चेतावनी दिएका थिए।



इरफान सोल्तानीलाई हालै तेहरानमा भएको विरोध प्रदर्शनको क्रममा हिरासतमा लिइएको थियो। एक आफन्तले बीबीसी फारसीलाई बताएअनुसार दुई दिन भित्रै अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको छ। तर, बिहीबार इरफान सुल्तानीको मृत्युदण्ड रोकिएको खबर आएको थियो।

इरानको राज्य प्रसारण एजेन्सीले न्यायपालिकालाई उद्धृत गर्दै भनेको छ, ‘इरफान सोल्तानीलाई जनवरी १० मा अशान्तिको समयमा पक्राउ गरिएको थियो। उनीमाथि देशको आन्तरिक सुरक्षा विरुद्ध भेला भएको र षड्यन्त्र गरेको र शासन विरुद्ध प्रचार गतिविधि गरेको आरोप छ।’

बीबीसी फारसीका अनुसार न्यायपालिकाले भनेको छ, ‘यदि अभियोजन पक्षले आफ्नो आरोप प्रमाणित गर्छ र सक्षम अदालतले कानुनी फैसला दिन्छ भने कानूनद्वारा तोकिएको सजाय कारावास हो। यी आरोपहरूका लागि मृत्युदण्डको कुनै प्रावधान छैन।’ रिपोर्टअनुसार इरफान सुल्तानी हाल कारज केन्द्रीय कारागारमा छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी कांग्रेस सदस्यहरूको एउटा समूह डेनमार्कको भ्रमणमा छ। आर्कटिक क्षेत्रमा रहेको डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र ग्रीनल्याण्डको नियन्त्रण लिन राष्ट्रपति डोनाल्ड ट्रम्पको बढ्दो दबाबको बीचमा यो भ्रमणलाई समर्थन प्रदर्शनको रूपमा हेरिएको छ। एघार सदस्यीय प्रतिनिधिमण्डलले डेनिस संसदका सदस्यका साथै प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेन र उनका ग्रीनल्याण्डिक समकक्षी जेन्स फ्रेडरिक निल्सनलाई पनि भेट्नेछ। भ्रमण अमेरिकामा उच्चस्तरीय वार्ता ट्रम्पलाई ...
: क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनको बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्। भेटमा दुई देशबीचको व्यापार सम्झौता र समग्र द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ। भेटका क्रममा प्रधानमन्त्री कार्नीले चीन–क्यानडा सम्बन्धलाई थप अगाडि बढाउन दुवै देश मिलेर काम गर्न सक्ने बताएका छन्। उनले भने,'हामी मिलेर दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सक्छौं।' यसैबीच, चिनियाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डको अधिकारको बारेमा बढ्दो बयानबाजीको बीचमा युरोपेली देशहरूबाट सैन्य कर्मचारी ग्रिनल्याण्ड आउन थालेका छन्। १५ जना फ्रान्सेली सैनिकको टोली ग्रीनल्याण्डको राजधानी नुउक आइपुगेको छ। धेरै युरोपेली देशले यसलाई जासूसी अभियानको एक भागको रूपमा वर्णन गरिरहेका छन्। तैनाथीमा जर्मनी, स्वीडेन, नर्वे, नेदरल्याण्ड्स र बेलायतका सैन्य कर्मचारी पनि सामेल हुनेछन्। डोनाल्ड ट्रम्पले डेनमार्कको अर्ध-स्वायत्त ...
— नोबेल शान्ति पुरस्कार विजेता तथा भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्रदान गरेकी छन् । बिहीबार ह्वाइट हाउसमा भएको निजी भेटघाटका क्रममा उनले ट्रम्पलाई उक्त पदक हस्तान्तरण गरेकी हुन् । अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको केही सातापछि माचाडोले ट्रम्पलाई नोबेल पदक हस्तान्तरण गरेकी हुन् ...
— दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई शक्ति दुरुपयोग र न्याय सम्पादनमा अवरोध पुर्‍याएको अभियोगमा ५ वर्षको जेल सजाय सुनाइएको छ । सन् २०२४ मा सैनिक शासन (मार्सल ल) लगाउने असफल प्रयासका क्रममा पदको दुरुपयोग गरेको, कागजात किर्ते गरेको र न्यायमा अवरोध पुर्‍याएको ठहर गर्दै अदालतले शुक्रबार उक्त फैसला सुनाएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार महाभियोगमार्फत ...