मुख्य समाचार
दम्पती सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु
दम्पती सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु

: झापाको बिर्तामोडमा दम्पती सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन्। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-४ निवासी ३२ वर्षीय खगेन्द्र मगर रहेको प्रहरीले जनाएको छ।




आज साँझ ७ः५० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका-५ सिटी सेन्टर नजिकै बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना ८ ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको (जलेर नष्ट भएको) मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको हो।


दुर्घटनामा मोटरसाइकल चालक मगर र सोही मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती २५ वर्षीय सुकमाया तामाङ गम्भीर घाइते भएका थिए। दुवै जनाको बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा मोटरसाइकल चालक मगरको उपचारको क्रममा राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।



दुर्घटनापश्चात् मोटरसाइकलमा आफै आगलागी भई मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलले उक्त आगो नियन्त्रणमा लिएको छ। ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक चालक तत्काल फरार रहेकोले खोजतलास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन्। भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उनले मुलुकको गतिका लागि पनि निर्वाचन आवश्यक रहेको बताएका हुन्। संयोजक प्रचण्डले निर्वाचन हुने या नहुने भन्नेमा दुबिधामा नरहन आग्रह गरे। सरकारले निर्वाचन गर्नेमा आफू विश्वस्त रहेको उनले बताए। उनले भने,ʻमैले आफ्नो दलको टिकट ...
: कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति चयन भएका विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई कसैको धम्कीबाट प्रभावित नहुन आग्रह गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गर्दै शर्माले धम्कीबाट प्रभावित नहुन आग्रह गरेका हुन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूको पक्षमा निर्णय नभए देशभर आन्दोलन गर्छु भन्ने प्रकृतिको अभिव्यक्तिले दिनु दुःखद रहेको शर्माको भनाइ छ। 'अहिले भएको प्रक्रियालाई ...
: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर -३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ । त्यस्तै झापा निर्वाचन झापा- १ का ...
रुकुमपूर्वमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ
: प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने बताएकी छन्। शुक्रबार बालुवाटारमा नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले विगतमा पैसाको खेल भयो भन्ने गुनासो आएको भन्दै भ्रष्टाचार अन्त्य गर्नका लागि आगामी चुनावमा पैसाको खेल हुनबाट रोक्नुपर्ने बताएकी हुन्। प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि ...