मुख्य समाचार
एन्फा राष्ट्रिय लिग २०८२ अन्तर्गत मच्छिन्द्र फुटबल क्लबले न्युरोड क्लब (एनआरटी)लाई पराजित गर्दै लिगमा विजयी सुरुवात
एन्फा राष्ट्रिय लिग २०८२ अन्तर्गत मच्छिन्द्र फुटबल क्लबले न्युरोड क्लब (एनआरटी)लाई पराजित गर्दै लिगमा विजयी सुरुवात

: एन्फा राष्ट्रिय लिग २०८२ अन्तर्गत मच्छिन्द्र फुटबल क्लबले न्युरोड क्लब (एनआरटी)लाई पराजित गर्दै लिगमा विजयी सुरुवात गरेको छ।




त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ७:३० बजेबाट सुरु भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले एनआरटीलाई १-० ले पराजित गरेको हो। मछिन्द्र फुटबल क्लबका अलिक श्रेष्ठले खेलको ६२ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो।


पहिलो हाफ शून्य बराबरीमा सकिँदा दोस्रो हाफमा मछिन्द्रका लागि अलिकले गोल गरेका हुन्‌। यससँगै मछिन्द्रले लिग तालिकामा तीन अङ्क जोडेको हो। यो खेल एन्फा राष्ट्रिय लिग २०८२ को उद्घाटन खेलको रुपमा रहेको थियो। यसअघि चारवटा खेल सम्पन्न भइसके पनि एन्फाले यो खेललाई औपचारिक उद्घाटन खेलको रुपमा खेलाएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एक्सट्रिम इनर्जी ड्रिंक नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक बनेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जनाए अनुसार नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका लागि एक्सट्रिम इनर्जी ड्रिंकले दुई वर्षे सम्झौता गरेको हो । सम्झौता अनुरुप एक्सट्रिम इनर्जी ड्रिंकले महिला क्रिकेटको प्रवर्द्धन गर्न क्यानलाई प्रति वर्ष ८० लाख उपलब्ध गराउने छ । क्यानले ३ ...
— फेरान टोरेस र लामिन यामलको गोलको मदतले बार्सिलोनाले बिहीबार रेसिङ सान्टेन्डरलाई २–० ले पराजित गर्दै कोपा डेल रेको क्वाटरफाइनल प्रवेश गरेको छ । बार्सिलोनाको यो सबै प्रतियोगितामा गरेर ११ औं लगातार जित हो । स्पेनी दोस्रो डिभिजनको शीर्षमा रहेको सान्टेन्डरविरुद्ध बार्सिलोनाको जित सजिलो भने रहेन् । रियल म्याड्रिड यस प्रतियोगिताबाट बाहिरिसकेको स्थितिमा बार्सिलोना अब उपाधिका ...
— एडरिन राबोटको दुई गोलको मदतले एसी मिलानले बिहीबार कोमोलाई इटालीको सिरी ए मा ३–१ ले हराएको छ र यस जितपछि लिग तालिकाको शीर्षमा रहेको इन्टर मिलानसँगै तीन अंकको दूरीमा रहन सफल रह्यो । फ्रान्सेली खेलाडीले ५५ र ८८ औं मिनेटमा गोल गरे । कोमोले मार्क ओलिभरको गोलले अग्रता लिएपछि क्रिस्टोफर एन्कुन्कुले मिलानका लागि बराबरी गोल ...
— नेपाल महिला ट्वान्टी–२० विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको छ । नेपालको अभ्यास खेलमा यो लगातार दोस्रो हार हो । टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३६ रन बनाएको थियो । अमेरिकाले अन्तिम ओभरमा लक्ष्य पूरा गर्‍यो । आयरल्यान्डसँगको पहिलो ...
। नेपाली पुरुष क्रिकेट टिमको बलिङ कन्सलट्यान्ट प्रशिक्षकमा अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भे नियुक्त भएका छन् । काउन्टी टिम ग्लामोर्गानका सहायक प्रशिक्षकसमेत रहेका हार्भेलाई टी-२० विश्वकपलाई लक्षित गर्दै कन्सलट्यान्टमा नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । हार्भेले ३०५ लिस्ट ए‌ खेलमा ४४५ विकेट लिएका छन् । अस्ट्रेलियाका लागि ७३ ओडिआई‌ खेलेका उनले ८५ विकेट लिएका ...