मुख्य समाचार
बंगलादेशको आवासीय भवनमा आगलागी, छ जनाको मृत्यु, १३ घाइते
बंगलादेशको आवासीय भवनमा आगलागी, छ जनाको मृत्यु, १३ घाइते

— बंगलादेशको राजधानी ढाकाको आवासीय भवनमा शुक्रबार आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको जनाइएको छ ।

'फायर सर्भिस' र 'सिभिल डिफेन्स कन्ट्रोल रुम'का ड्युटी अफिसर मोहम्मद रफी अल फारुकलाई उदृत गर्दै छ तले आवासीय भवनको पहिलो तलामा स्थानीय समयअनुसार बिहान ७:५४ मा आगलागी भएको सिन्ह्वाले जनाएको छ ।

अग्नि नियन्त्रकहरुको सक्रियतामा करिब बिहान १० बजे आगो नियन्त्रणमा लिए पछि तीन जनाको शवको बरामद गरिएको जनाइएको छ ।

ढाकाको प्रहरीका ड्युटी अफिसर नजमुल शकिबले आगलागीका कारण घाइते भएकाहरुलाई उपचारका लागि अस्पतालमा लगेपछि अन्य तीनजनाको मृत्यु भएपछि मृतकको सख्या छ पुगेको बताएका छन् । उनीहरूबाहेक १३ जना घाइते मध्ये १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले बताएको छ भने आगलागीको कारण अझै अज्ञात छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नोबेल शान्ति पुरस्कार विजेता तथा भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्रदान गरेकी छन् । बिहीबार ह्वाइट हाउसमा भएको निजी भेटघाटका क्रममा उनले ट्रम्पलाई उक्त पदक हस्तान्तरण गरेकी हुन् । अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको केही सातापछि माचाडोले ट्रम्पलाई नोबेल पदक हस्तान्तरण गरेकी हुन् ...
— दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई शक्ति दुरुपयोग र न्याय सम्पादनमा अवरोध पुर्‍याएको अभियोगमा ५ वर्षको जेल सजाय सुनाइएको छ । सन् २०२४ मा सैनिक शासन (मार्सल ल) लगाउने असफल प्रयासका क्रममा पदको दुरुपयोग गरेको, कागजात किर्ते गरेको र न्यायमा अवरोध पुर्‍याएको ठहर गर्दै अदालतले शुक्रबार उक्त फैसला सुनाएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार महाभियोगमार्फत ...
। थाइल्यान्डको एउटा राजमार्गमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा दुई जनाको मृत्यु भएको छ। एक दिनअघि मात्रै थाइल्यान्डको अर्को क्षेत्रमा भएको क्रेन दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका थिए। यो क्रेन बैंककको उपनगर समुत साखोनमा एउटा एक्सप्रेसवे (द्रुतमार्ग) निर्माणमा प्रयोग भइरहेको थियो। सार्वजनिक भएको भिडियोमा क्रेन राजमार्गमा खसिरहेको र धेरै कारहरू पुरिएका देखिन्छन्। साथै धूलो र भग्नावशेषको मुस्लो ...
। अमेरिकाले ७५ देशका आवेदकहरूका लागि आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्ने निर्णय गरेको छ । यो निलम्बन जनवरी २१ देखि लागू हुनेछ र यसले ल्याटिन अमेरिका, क्यारिबियन, बाल्कन क्षेत्र तथा दक्षिण एशिया, अफ्रिका र मध्य पूर्वका धेरै देशहरूलाई प्रभाव पार्नेछ। दक्षिण एशियाका केही देशहरूसँगै नेपाल पनि यो सूचीमा परेको छ । यसले अमेरिका जाने योजना बनाएका ...
। भारतको मिनाक्षी इनर्जी लिमिटेडले भारतको एउटा राज्यलाई सस्तोमा बिजुली बिक्री गरिरहँदा नेपाल विद्युत् प्राधिकरणले भने निकै महँगो दरमा सम्झौता गरेको पाइएको छ । पूर्वऊर्जामन्त्री कुलमान घिसिङ र विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मनोज सिलवालले सेटिङमा ४३ करोड गडबडी हुने गरी भारतीय कम्पनी पीटीसी इन्डियासँग विद्युत् खरिद सम्झौता गरेका थिए । पीटीसी इन्डियासँग प्राधिकरणले किन्न लागेको विद्युत् ...