— अरनिको राजमार्गअन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिका–१० सुकुटेमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
जिल्लाप्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शुक्रबार दिउँसो १२:३० बजे बलेफीबाट बन्देउतर्फ जाँदै गरेको बा प्र ०२–०२२ प ४७५४ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ अगाडि गुडिरहेको बा प्र ०२–०१७ प ९५२८ नम्बरको मोटरसाइकलको पछाडि ठक्कर दिँदा दुर्घटना भएको हो।
ठक्करपछि मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक त्रिपुरासुन्दरी गाउँपालिका–४ का २३ वर्षीय सन्तोष गुभाजु गम्भीर घाइतेभएका थिए।
उपचारका लागि सिन्धुसदावहार अस्पताल लगिएकोमा दिउँसो १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले बताए। घटनासँग सम्बन्धित दुवै मोटरसाइकल र बा प्र ०२–०१७ प ९५२८ नम्बरको मोटरसाइकलका चालक प्रहरी नियन्त्रणमा रहेका छन्।