मुख्य समाचार
वर्षमान पुनले आसन्न निर्वाचनमा सूचना प्रविधि क्षेत्रको अनुगमन कसरी हुन्छ भन्ने विषयमा निर्वाचन आयोगले ध्यान दिनुपर्ने बताएका छन्
वर्षमान पुनले आसन्न निर्वाचनमा सूचना प्रविधि क्षेत्रको अनुगमन कसरी हुन्छ भन्ने विषयमा निर्वाचन आयोगले ध्यान दिनुपर्ने बताएका छन्

— नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले आसन्न निर्वाचनमा सूचना प्रविधि क्षेत्रको अनुगमन कसरी हुन्छ भन्ने विषयमा निर्वाचन आयोगले ध्यान दिनुपर्ने बताएका छन्।

निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी छलफल कार्यक्रममा बोल्दै नेता पुनले निर्वाचन आचारसंहिता अनुगमनका लागि भरपर्दो संयन्त्र (मेकानिजम) को व्यवस्था गर्न पनि आयोगलाई सुझाव दिए।

नेता पुनले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्न सूचना प्रविधिको दुरुपयोग हुन नदिन निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने बताए। उनले प्रधानमन्त्री सुशिला कार्की तथा विभिन्न मन्त्रीहरूले दिएका सार्वजनिक अभिव्यक्तिबारे पनि टिप्पणी गरे। उनले भने, ‘हामी बाहिरबाट सुनिरहेका छौँ—प्रधानमन्त्री, मन्त्रीज्यूहरूले यस्तालाई जिताउनु पर्छ, यस्तालाई हराउनु पर्छ भनेर बोलेका भाषणहरू। यसलाई कसरी हेर्नुहुन्छ ? अहिले गैरदलीय सरकार छ। विभिन्न तहका सरकार छन्—प्रदेश सरकार, स्थानीय सरकार। यस विषयमा आचारसंहितामा राम्रैसँग व्यवस्था गरिएको छ। तर यसको कार्यान्वयन हुन्छ कि हुँदैन ?’

पुनले निर्वाचनमा राज्यको शक्ति र स्रोतको दुरुपयोग हुन नदिने विषयमा पनि निर्वाचन आयोगले ध्यान दिनुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
कांग्रेस विवादबारे निर्वाचन आयोग छलफलमा जुटेको छ
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता लिन महान्यायाधिवक्ता सबिता भण्डारीले बुधबार गरेको निर्णय कार्यालयको वेबसाइटबाटै हटाइएको छ । महान्यायाधिवक्ता भण्डारीले लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको निर्णय फिर्ता लिने निर्णय गरेपछि वेबसाइटको सूचनामा 'सहकारी ठगी सम्बन्धमा भएको निर्णय' शीर्षकमा 'टिप्पणी र आदेश' उल्लेख थियो ...
— निर्वाचन आयोगले कांग्रेस पार्टीको आधिकारिकता गगन थापा पक्षलाई प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो । २७–३० पुससम्म भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा चयन गरेको थियो । कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न ...
— सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अन्तरिम सरकारले तोकिएको मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा प्रवक्ता खरेलले फागुन २१ मा निर्वाचनको मिति तोकिसकिएकाले मिति तलमाथि नहुने बताएका हुन् । सरकार फागुन २१ मा निर्वाचन गराउन गम्भीरताका साथ लागेकोसमेत उनको भनाइ छ । उनले भने, ...
— सरकारले सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्‌को शुक्रबार बसेको बैठकले पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा 'सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२' गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 'सहकारीमा भएको बेथिति छानिबन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी ...