मुख्य समाचार
नेपाल एसबिआई बैंकको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ
नेपाल एसबिआई बैंकको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ

— यहाँको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले पुस २९ गते साँझ ७:३० बजे बैंक लुटपाटमा संलग्न सात जना पक्राउ गरिएको र एक जना फरार रहेको जानकारी दिए । उनका अनुसार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० का ४९ वर्षीय सुमो चालक भागवतसिंह थापा, सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवनको भरतपुर महानगरपालिका–२ का २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, १९ वर्षीय विवेक मगर, सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का ४४ वर्षीय छविलाल स्याङ्तान र एक जना नाबालक पक्राउ परेका छन् ।

पुस २९ गते सँझ उनीहरुले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते बनाइ बैंक भित्र छिरी नगद लुटेर उनीहरु फरार भएका थिए ।

घटनास्थलबाट करिब दुई किलोमिटर पूर्व लिपिखोलामा विएडी ०३९८ टाटा सुमो र चालक भागवतसिंहलाई फेला पारी निजलाई प्रारम्भिक रुपमा सोधपुछ गर्दा अपरिचित छ जनाले विवाहको लागि भनी उक्त टाटा सुमो काभ्रेको बनेपाबाट सोही दिन रिजर्भ गरी ल्याएको जानकारी पाएपछि चालकले दिएको हुलियाको आधारमा बैंक लुटपाटमा संलग्नको खोजिलाई तिव्र पारिएको थियो ।

नेपाल एसबिआई शाखा कार्यालय घ्याङलेख शाखाका अनुसार उक्त दिन बैंकबाट तीन करोड सात लाख पैसा लुटी उनीहरुले लगेका थिए ।


पक्राउ परेकाहरुलाई चोरी तथा डाँकासम्बन्धी कसूरमा पाँच दिन म्याद थप भई अनुसन्धान भइरहेको । प्रहरीले दुई करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गरेको छ । साथै उक्त घटनामा प्रयोग भएका दुई थान खुकुरी, एक थान प्लास्टिकको पेस्तोल, मोबाइल पाँच थान, ठुलो पानी टेप एक थान, कालो रङको नकाब तीन थान र रातो रङको नकाब एक थान, कालो पञ्जा एक जोर बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
कांग्रेस विवादबारे निर्वाचन आयोग छलफलमा जुटेको छ
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता लिन महान्यायाधिवक्ता सबिता भण्डारीले बुधबार गरेको निर्णय कार्यालयको वेबसाइटबाटै हटाइएको छ । महान्यायाधिवक्ता भण्डारीले लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको निर्णय फिर्ता लिने निर्णय गरेपछि वेबसाइटको सूचनामा 'सहकारी ठगी सम्बन्धमा भएको निर्णय' शीर्षकमा 'टिप्पणी र आदेश' उल्लेख थियो ...
— निर्वाचन आयोगले कांग्रेस पार्टीको आधिकारिकता गगन थापा पक्षलाई प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो । २७–३० पुससम्म भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा चयन गरेको थियो । कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न ...
— सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अन्तरिम सरकारले तोकिएको मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा प्रवक्ता खरेलले फागुन २१ मा निर्वाचनको मिति तोकिसकिएकाले मिति तलमाथि नहुने बताएका हुन् । सरकार फागुन २१ मा निर्वाचन गराउन गम्भीरताका साथ लागेकोसमेत उनको भनाइ छ । उनले भने, ...
— सरकारले सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्‌को शुक्रबार बसेको बैठकले पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा 'सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२' गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 'सहकारीमा भएको बेथिति छानिबन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी ...