— नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्ष पनि निर्वाचन आयोग जाने भएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पदाधिकारी र केन्द्रीय सदस्य केन्द्रीय कार्यालय, सानेपाबाट निर्वाचन आयोगतिर जान लागेका हुन् ।
आयोगमा विशेष महाधवेशनबाट निर्वाचित भएको समूह पुगेर आयोगका पदाधिकारीसँग छलफल गरिरहेको छ ।
शुक्रबार बिहान पनि देउवा पक्ष आयोग पुगेको थियो । त्यसपछि अपराह्न सानेपामा पत्रकार सम्मेलन गरेर कार्यवाहक सभापति खड्कासहितको समूह फेरि आयोगतिर हिँडेको केन्द्रीय सदस्य नैनसिंह महरले बताए ।