मुख्य समाचार
एसी मिलानले कोमोलाई इटालीको सिरी ए मा ३–१ ले हराए
एसी मिलानले कोमोलाई इटालीको सिरी ए मा ३–१ ले हराए

— एडरिन राबोटको दुई गोलको मदतले एसी मिलानले बिहीबार कोमोलाई इटालीको सिरी ए मा ३–१ ले हराएको छ र यस जितपछि लिग तालिकाको शीर्षमा रहेको इन्टर मिलानसँगै तीन अंकको दूरीमा रहन सफल रह्यो ।

फ्रान्सेली खेलाडीले ५५ र ८८ औं मिनेटमा गोल गरे । कोमोले मार्क ओलिभरको गोलले अग्रता लिएपछि क्रिस्टोफर एन्कुन्कुले मिलानका लागि बराबरी गोल फर्काए ।

मिलानको अब २० खेलबाट ४३ अंक भएको छ । इन्टर समान खेलबाट ४६ अंकमा छ । नेपोली भने ४० अंकमा तेस्रो स्थानमा छ । यस्तै युभेन्ट्स ३९ अंकमा चौथोमा छ । कोमो भने ३४ अंकमा छैटौं स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एक्सट्रिम इनर्जी ड्रिंक नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक बनेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जनाए अनुसार नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका लागि एक्सट्रिम इनर्जी ड्रिंकले दुई वर्षे सम्झौता गरेको हो । सम्झौता अनुरुप एक्सट्रिम इनर्जी ड्रिंकले महिला क्रिकेटको प्रवर्द्धन गर्न क्यानलाई प्रति वर्ष ८० लाख उपलब्ध गराउने छ । क्यानले ३ ...
— फेरान टोरेस र लामिन यामलको गोलको मदतले बार्सिलोनाले बिहीबार रेसिङ सान्टेन्डरलाई २–० ले पराजित गर्दै कोपा डेल रेको क्वाटरफाइनल प्रवेश गरेको छ । बार्सिलोनाको यो सबै प्रतियोगितामा गरेर ११ औं लगातार जित हो । स्पेनी दोस्रो डिभिजनको शीर्षमा रहेको सान्टेन्डरविरुद्ध बार्सिलोनाको जित सजिलो भने रहेन् । रियल म्याड्रिड यस प्रतियोगिताबाट बाहिरिसकेको स्थितिमा बार्सिलोना अब उपाधिका ...
— नेपाल महिला ट्वान्टी–२० विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको छ । नेपालको अभ्यास खेलमा यो लगातार दोस्रो हार हो । टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३६ रन बनाएको थियो । अमेरिकाले अन्तिम ओभरमा लक्ष्य पूरा गर्‍यो । आयरल्यान्डसँगको पहिलो ...
। नेपाली पुरुष क्रिकेट टिमको बलिङ कन्सलट्यान्ट प्रशिक्षकमा अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भे नियुक्त भएका छन् । काउन्टी टिम ग्लामोर्गानका सहायक प्रशिक्षकसमेत रहेका हार्भेलाई टी-२० विश्वकपलाई लक्षित गर्दै कन्सलट्यान्टमा नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । हार्भेले ३०५ लिस्ट ए‌ खेलमा ४४५ विकेट लिएका छन् । अस्ट्रेलियाका लागि ७३ ओडिआई‌ खेलेका उनले ८५ विकेट लिएका ...
। राष्ट्रिय लिग फुटबल अन्तर्गत बिहीबार भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको दिनको पहिलो खेलमा ललितपुरको सातदोबाटो र काठमाडौंको संकटाले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले केही अवसर सिर्जना गरेपनि फिसिसिङमा राम्रो गर्न सकेनन् । दुवै टोलीले पहिलो खेल भएकोले अपेक्षा अनुसारको प्रदर्शन ...