— आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरीमा भर्ना हुन बर्दियामा ४४ सय जनाको आवेदन परेको छ।
जिल्लामा १ हजार ८ सय २६ नेपाल प्रहरी र २ सय सशस्त्र प्रहरीका लागि गरी २ हजार २६ जना निर्वाचन प्रहरीको लागि आवेदन खुलेको थियो।
पुस २५ देखि माघ १ गतेसम्म तोकिएको अवधिमा ४ हजार ४ सय जनाको आवेदन दर्ता भएको जिल्ला प्रहरीका डीएसपी देवेन्द्रकुमार मल्लले बताए।
माघ ५ गतेदेखि निर्वाचन प्रहरीको छनौट प्रक्रिया सुरु हुने डीएसपी मल्लले जानकारी दिए। आवेदन दिने अधिकांश युवायुवतीले रहेको उनले बताए।