मुख्य समाचार
कालीकोटमा भीरबाट लडेर महिलाको मृत्यु
कालीकोटमा भीरबाट लडेर महिलाको मृत्यु

— आमाजु दिदीलाई माघीतिहारको कोसेली पुर्‍याएर घर फर्किने क्रममा भीरबाट लडेर नरहरिनाथ-१ कोटबाडाकी एक महिलाको मृत्यु भएको छ ।

बिहीबार दिउसोँ माघीको नासो सेलरोटी र तरुल बोकेर आमाजु दिदी साबिता कठायत अधिकारीकहाँ गएर घर फर्किने क्रममा रकु अधेरी खोला भीरबाट लडेर २४ वर्षीया अप्सरा कठायतको मृत्यु भएको स्थानीय नन्दादेवी क्याम्पसका लेखापाल गणेश विष्ट जानकारी दिए । उनकाअनुसार लुसा गाउँमा माघीको नासो पुर्‍याएर घर फर्किने क्रममा बिहीबार दिउँसो ३ बजेतिर चिप्लिएर लडेकी अप्सराको घटनास्थलमै मृत्यु भएको हो ।

शव भीरबाट झिकेर आफन्तले साँझ ७ बजे घर लगेका छन् । रास्कोट-७ माइती घर भएकी अप्सराका पति धीरबहादुर कठायत स्थानीय नन्दादेवी माविका लेखापाल हुन् । मृतकका दुई नाबालक छोराछोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १० जिल्लामा १८ हजार १६४ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् । जसमध्ये नेपाल प्रहरीका १७ हजार ३२ र शसस्त्र प्रहरी बलका १ हजार १३२ जना छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले अन्य जिल्लाभन्दा सुर्खेतमा कोटाभन्दा दोब्बर बढीले आवेदन ...
— पोखरा, विराटनगर, गौतमबुद्ध (भैरहवा), नेपालगन्ज र चन्द्रगढी विमानस्थलमा सन् २०२५ मा सबैभन्दा धेरै यात्रुको आवागमन भएको छ। नागरिक उड्डयन प्राधिकरणले सन् २०२५ मा नेपालका आन्तरिक विमानस्थलमा यात्रु आवागमन र उडान संख्याका आधारमा जारी गरेको तथ्यांकअनुसार काठमाडौंबाहिर पोखरा विमानस्थल सबैभन्दा बढी यात्रुको आवागमन भएको छ । यहाँ ४ लाख २७हजार ४सय १४ यात्रु आएका थिए भने ...
फेरि पनि डडेल्धुराबाटै चुनाव उठ्छु
— अरनिको राजमार्गअन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिका–१० सुकुटेमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। जिल्लाप्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शुक्रबार दिउँसो १२:३० बजे बलेफीबाट बन्देउतर्फ जाँदै गरेको बा प्र ०२–०२२ प ४७५४ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ अगाडि गुडिरहेको बा प्र ०२–०१७ प ९५२८ नम्बरको मोटरसाइकलको पछाडि ठक्कर दिँदा दुर्घटना भएको हो। ठक्करपछि मोटरसाइकल अनियन्त्रित भई पल्टिएको ...
— नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले आसन्न निर्वाचनमा सूचना प्रविधि क्षेत्रको अनुगमन कसरी हुन्छ भन्ने विषयमा निर्वाचन आयोगले ध्यान दिनुपर्ने बताएका छन्। निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी छलफल कार्यक्रममा बोल्दै नेता पुनले निर्वाचन आचारसंहिता अनुगमनका लागि भरपर्दो संयन्त्र (मेकानिजम) को व्यवस्था गर्न पनि आयोगलाई सुझाव दिए। नेता पुनले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्न सूचना प्रविधिको ...