मुख्य समाचार
नेपाल महिला ट्वान्टी–२० विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा अमेरिकासँग ६ विकेटले पराजित
नेपाल महिला ट्वान्टी–२० विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा अमेरिकासँग ६ विकेटले पराजित

— नेपाल महिला ट्वान्टी–२० विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको छ । नेपालको अभ्यास खेलमा यो लगातार दोस्रो हार हो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३६ रन बनाएको थियो । अमेरिकाले अन्तिम ओभरमा लक्ष्य पूरा गर्‍यो ।

आयरल्यान्डसँगको पहिलो अभ्यास खेलमा १ सय रन मात्र बनाउन सकेपछि नेपालले बुधबार ९९ रनको हार बेहोरेको थियो । तर शुक्रबारको खेलमा नेपालको माथिल्लोक्रमले निकै सुधारिएको ब्याटिङ गरेको थियो ।

सम्झना खड्का र विन्दु रावलले नेपालले निकै राम्रो सुरुआत दिलाएका थिए । यी दुईले ६ ओभरभित्र ४२ रन जोडेका थिए । आफ्नै कलमा निकै साँघरो १ रन लिन खोज्दा रनआउट भएकी सम्झनाले २० बल खेलि ३ चौकासहित २४ रन बनाए । उनी ३ रनमै क्याच आउट हुनबाट जोगिएकी थिइन् । उपकप्तान पुजा महतोले १५ बल खेलि २ चौकासहित १७ रन बनाइन् ।

कप्तान इन्दु बर्मा १ चौका प्रहार गरी ५ बलमा ४ रन बनाइन् । विन्दु पनि २७ रनमा रनआउट भइन् । उनले २८ बल खेल्दै ३ चौका प्रहार गरिन् । कविता कुँवर ३, रुविना क्षेत्री ५ रनमा आउट भइन् । कविता जोशी र रोमा थापाले मध्यक्रममा राम्रो ब्याटिङ गर्दै नेपाललाई राम्रो स्थितिमा उभ्याए ।

जोशीले १४ बल खेलि ४ चौकासहित २० रन बनाइन् । रोमाले पनि १४ बल खेल्दै समान १ चौका र छक्कासहित १९ रन बनाइन् । सीता रानामगरले १ रनमात्र बनाउन सकिन् । राजमती ऐरी ७ बल खेली १ चौकासहित ८ र मनीषा उपाध्याय १ रनमा अविजित रहिन् ।

अमेरिकाकी तारानुम चोपराले ३ विकेट लिइन् । उनले ४ ओभरमा २३ रन खर्चेकी थिइन् । सैनाभी रेड्डीले २ ओभरमा २० रन खर्चेर २ तथा गितिका कोडाइल र रितु सिंहले १–१ विकेट लिइन् । अमेरिकाले पहिलो अभ्यास खेलमा स्कटल्यान्डमाथी सनसनी विजय हात पारेको थियो ।



ओपनर चेतना रेड्डीले अर्धशतक बनाएपछि जबाफमा आएको अमेरिकाले ५ बल अगाडि लक्ष्य पुरा गर्यो । रेड्डीले ४६ बल खेली ६ चौका प्रहार गर्दै अविजित ५६ रन बनाईन् । रितु १३ बल खेलि २ चौका प्रहार गरि १९ रनमा अविजित रहिन् ।

ओपनर गाग्री भोग्ले ४ रनमात्र बनाई सोमु विष्टको बलमा इन्दुबाट सान्दार क्याच आउट भइन् । इला क्लारिज १४ बल खेली ३ चौका प्रहार गरि १४ रनमा रनआउट भइन् । इसानी भाघेलाले २० रन बनाइन् । रिया शर्माको बलमा बोल्ड हुन पूर्व उनले २० बल खेलि २ चौका प्रहार गरिन् । कप्तान अदिनीबा चुडासमा १३ रन बनाई रुबिना क्षेत्रीको बलमा आउट भइन् ।

नेपालबाट सोमु विष्ट, रुविना क्षेत्री र रिया शर्माले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— फेरान टोरेस र लामिन यामलको गोलको मदतले बार्सिलोनाले बिहीबार रेसिङ सान्टेन्डरलाई २–० ले पराजित गर्दै कोपा डेल रेको क्वाटरफाइनल प्रवेश गरेको छ । बार्सिलोनाको यो सबै प्रतियोगितामा गरेर ११ औं लगातार जित हो । स्पेनी दोस्रो डिभिजनको शीर्षमा रहेको सान्टेन्डरविरुद्ध बार्सिलोनाको जित सजिलो भने रहेन् । रियल म्याड्रिड यस प्रतियोगिताबाट बाहिरिसकेको स्थितिमा बार्सिलोना अब उपाधिका ...
— एडरिन राबोटको दुई गोलको मदतले एसी मिलानले बिहीबार कोमोलाई इटालीको सिरी ए मा ३–१ ले हराएको छ र यस जितपछि लिग तालिकाको शीर्षमा रहेको इन्टर मिलानसँगै तीन अंकको दूरीमा रहन सफल रह्यो । फ्रान्सेली खेलाडीले ५५ र ८८ औं मिनेटमा गोल गरे । कोमोले मार्क ओलिभरको गोलले अग्रता लिएपछि क्रिस्टोफर एन्कुन्कुले मिलानका लागि बराबरी गोल ...
। नेपाली पुरुष क्रिकेट टिमको बलिङ कन्सलट्यान्ट प्रशिक्षकमा अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भे नियुक्त भएका छन् । काउन्टी टिम ग्लामोर्गानका सहायक प्रशिक्षकसमेत रहेका हार्भेलाई टी-२० विश्वकपलाई लक्षित गर्दै कन्सलट्यान्टमा नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । हार्भेले ३०५ लिस्ट ए‌ खेलमा ४४५ विकेट लिएका छन् । अस्ट्रेलियाका लागि ७३ ओडिआई‌ खेलेका उनले ८५ विकेट लिएका ...
। राष्ट्रिय लिग फुटबल अन्तर्गत बिहीबार भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको दिनको पहिलो खेलमा ललितपुरको सातदोबाटो र काठमाडौंको संकटाले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले केही अवसर सिर्जना गरेपनि फिसिसिङमा राम्रो गर्न सकेनन् । दुवै टोलीले पहिलो खेल भएकोले अपेक्षा अनुसारको प्रदर्शन ...
। इंगिलस फुटबल लिग (इएफएल) को सेमिफाइनलको पहिलो लेगमा आर्सनलले चेल्सीलाई ३-२ ले पराजित गरेको छ । चेल्सीको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि बेन ह्वाइट, भिक्टोर ग्योकेरेस र मार्टिन जुबिमेन्डीले एक-एक गोल गरे । चेल्सीका लागि अलेजान्द्र गार्नाचोले दुई गोल गरेपनि हार टार्न पर्याप्त भएन । अब आर्सनल र चेल्सीबीचको दोस्रो लेग फेब्रुअरी ३ मा आर्सनलको घरेलु ...