मुख्य समाचार
नेपाल महिला ट्वान्टी–२० विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा अमेरिकासँग ६ विकेटले पराजित
नेपाल महिला ट्वान्टी–२० विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा अमेरिकासँग ६ विकेटले पराजित

— नेपाल महिला ट्वान्टी–२० विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको छ । नेपालको अभ्यास खेलमा यो लगातार दोस्रो हार हो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३६ रन बनाएको थियो । अमेरिकाले अन्तिम ओभरमा लक्ष्य पूरा गर्‍यो ।

आयरल्यान्डसँगको पहिलो अभ्यास खेलमा १ सय रन मात्र बनाउन सकेपछि नेपालले बुधबार ९९ रनको हार बेहोरेको थियो । तर शुक्रबारको खेलमा नेपालको माथिल्लोक्रमले निकै सुधारिएको ब्याटिङ गरेको थियो ।

सम्झना खड्का र विन्दु रावलले नेपालले निकै राम्रो सुरुआत दिलाएका थिए । यी दुईले ६ ओभरभित्र ४२ रन जोडेका थिए । आफ्नै कलमा निकै साँघरो १ रन लिन खोज्दा रनआउट भएकी सम्झनाले २० बल खेलि ३ चौकासहित २४ रन बनाए । उनी ३ रनमै क्याच आउट हुनबाट जोगिएकी थिइन् । उपकप्तान पुजा महतोले १५ बल खेलि २ चौकासहित १७ रन बनाइन् ।

कप्तान इन्दु बर्मा १ चौका प्रहार गरी ५ बलमा ४ रन बनाइन् । विन्दु पनि २७ रनमा रनआउट भइन् । उनले २८ बल खेल्दै ३ चौका प्रहार गरिन् । कविता कुँवर ३, रुविना क्षेत्री ५ रनमा आउट भइन् । कविता जोशी र रोमा थापाले मध्यक्रममा राम्रो ब्याटिङ गर्दै नेपाललाई राम्रो स्थितिमा उभ्याए ।

जोशीले १४ बल खेलि ४ चौकासहित २० रन बनाइन् । रोमाले पनि १४ बल खेल्दै समान १ चौका र छक्कासहित १९ रन बनाइन् । सीता रानामगरले १ रनमात्र बनाउन सकिन् । राजमती ऐरी ७ बल खेली १ चौकासहित ८ र मनीषा उपाध्याय १ रनमा अविजित रहिन् ।

अमेरिकाकी तारानुम चोपराले ३ विकेट लिइन् । उनले ४ ओभरमा २३ रन खर्चेकी थिइन् । सैनाभी रेड्डीले २ ओभरमा २० रन खर्चेर २ तथा गितिका कोडाइल र रितु सिंहले १–१ विकेट लिइन् । अमेरिकाले पहिलो अभ्यास खेलमा स्कटल्यान्डमाथी सनसनी विजय हात पारेको थियो ।



ओपनर चेतना रेड्डीले अर्धशतक बनाएपछि जबाफमा आएको अमेरिकाले ५ बल अगाडि लक्ष्य पुरा गर्यो । रेड्डीले ४६ बल खेली ६ चौका प्रहार गर्दै अविजित ५६ रन बनाईन् । रितु १३ बल खेलि २ चौका प्रहार गरि १९ रनमा अविजित रहिन् ।

ओपनर गाग्री भोग्ले ४ रनमात्र बनाई सोमु विष्टको बलमा इन्दुबाट सान्दार क्याच आउट भइन् । इला क्लारिज १४ बल खेली ३ चौका प्रहार गरि १४ रनमा रनआउट भइन् । इसानी भाघेलाले २० रन बनाइन् । रिया शर्माको बलमा बोल्ड हुन पूर्व उनले २० बल खेलि २ चौका प्रहार गरिन् । कप्तान अदिनीबा चुडासमा १३ रन बनाई रुबिना क्षेत्रीको बलमा आउट भइन् ।

नेपालबाट सोमु विष्ट, रुविना क्षेत्री र रिया शर्माले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...