मुख्य समाचार
कांग्रेस महाधिवेशनबाट निर्वाचित समितिलाई अद्यावधिक गर्न आयोगलाई वरिष्ठ अधिवक्ता खड्काको सुझाव
कांग्रेस महाधिवेशनबाट निर्वाचित समितिलाई अद्यावधिक गर्न आयोगलाई वरिष्ठ अधिवक्ता खड्काको सुझाव

— नेपाल बार एसोसिए;नका पूर्वाध्यक्ष प्रेमबहादुर खड्काले कांग्रेस विवाद समाधानका लागि छिटोभन्दा छिटो विशेष महाधिवेशनबाट निर्वाचित भएकाहरुलाई अद्यावधिक गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

निर्वाचन आयोग पुगेका वरिष्ठ अधिवक्ता खड्काले राजनीतिक दलसम्वन्धी ऐनको दफा ५१ र कांग्रेसको विधानअनुसार बहुमतले नयाँ कार्यसमिति चयन गरेकाले अद्यावधिक गर्नु नै कानुनसम्मत निर्णय हुने तर्क गरे । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मासहितको टोलीसँगै आधिकारिकता दाबी गर्न पुगेका उनले विवरण अध्यावधिक गरिदिन भनेका हुन् ।

‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा ४० प्रतिशतले आह्वान गरेमा गर्नुपर्नेछ भन्ने उल्लेख छ । महाधिवेशन माग गर्दा पनि आह्वान गरिएन भने त सजाय गर्ने व्यवस्था पनि विधानले गरेको छ,' खड्काले भने, ‘महामन्त्रीहरूले त यसलाई सम्बोधन गरेको मात्र हो ।’

'यसअघिको कार्यसमितिको विवरण हटाएर नवनिर्वाचितको नाम राखिदिनु भनेर उहाँहरूले निवेदन पनि दिनु भएको छ,’ उनले भने, ‘सोहीअनुसार छिटोभन्दा छिटो विवरण राखिदिँदा यो विवाद हल हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गत पुस १७ गते दिउँसो चन्द्रपुर चोकबाट सर्लाहीको भरतताल जाँदै गरेको ई–रिक्सा चन्द्रपुर–४ स्थित चाँदी पुलनजिक सडकबाट खस्दा ७ यात्रु घाइते भए। गत मसिर १८ गते दिउँसो गौर–चन्द्रनिगाहपुर खण्ड अन्तर्गत सुकदेव चोक र जयनगरबीच भारतीय पिकअप भ्यान र रिक्सा जुँध्दा एकै परिवारका ७ समेत ८ जना घाइते भए। प्रदेश २–०३–००१ ह १०७४ नम्बरको रिक्सा र ...
— निर्वाचन प्रहरीमा आवश्यक संख्यामा आवेदन नपरेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भर्नाको म्याद दुई दिन थप गरेको छ। पुस २५ गतेदेखि माघ १ गतेसम्मका लागि तोकिएको आवेदन अवधिमा निर्वाचन प्रहरीमा आवेदन दिनेहरूको संख्या न्यून देखिएपछि प्रशासनले म्याद थपेको हो। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकालाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित निर्वाचन ...
— सामुदायिक वनमा लुकाई राखेको ६ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। त्रिवेणी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनमा लुकाई राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो। बरामद गरेको बन्दुक मध्ये एक थानमा बारुद समेत भरिएको थियो । स्थानीयले सिकार खेल्न प्रयोग गर्दै ‍भरुवा बन्दुक घरमा राखे थाहा पाउने डरले जंगलमा लुकाएको हुन सक्ने जिल्ला प्रहरी ...
नेपाली कांग्रेसको गगन थापा पक्षका महामन्त्री प्रदीप पौडेलले विधि र विधान अनुसार चल्दा देउवा पक्षका नेताहरुले आन्दोलन गर्ने लगायतका कुरामा प्रतिक्रिया दिँदै उनीहरुलाई त्यसो नगर्न अनुरोध गरेका छन् ।
— नेपाल बार एसोसिएसनले रास्वपा सभापति रवि लामिछानेको विभिन्न अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन महान्यायाधिवक्ताबाट भएको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । बारका महासचिव केदार कोइरालाले विज्ञप्ति जारी गर्दै यो निर्णयले कानुनी शासनको उल्लंघन हुने उल्लेख गरेका छन् । महान्यायाधिवक्ता सविता भण्डारीले देशभरका अदालतमा रहेका लामिछानेविरुद्धका दुई अभियोग स‌ंशोधनका ...