मुख्य समाचार
मधेसबाट चुनावी यात्रा गर्दै रास्वपा
मधेसबाट चुनावी यात्रा गर्दै रास्वपा

— रास्वपा प्रवक्ता मनिष झाले मधेस प्रदेशबाट परिवर्तनको यात्रा शुभारम्भ हुने बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले माघ ५ गते जनकपुरधामबाट राजनीतिक सभा सुरु हुने जानकारी दिए । उक्त सभाको व्यवस्थापनसम्बन्धी तयारी भइरहेको पनि झाले बताए ।


प्रवक्ता झाले उक्त सभामा पार्टी सभापति रवि लामिछाने र नेता बालेन्द्र साहले सम्बोधन गर्ने जानकारी दिए। उनले भने, ‘यसपटक पार्टीका सभापति रवि लामिछाने र आगामी निर्वाचनपछि भावी प्रधानमन्त्रीका रूपमा अघि बढाउने प्रस्ताव गरिएको बालेन्द्र साह सम्मिलित पहिलो राजनीतिक सभा हुँदैछ।’

रास्वपाले बालेन्द्र साहलाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री बनाउने प्रस्तावसहित निर्वाचनमा जाने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गत पुस १७ गते दिउँसो चन्द्रपुर चोकबाट सर्लाहीको भरतताल जाँदै गरेको ई–रिक्सा चन्द्रपुर–४ स्थित चाँदी पुलनजिक सडकबाट खस्दा ७ यात्रु घाइते भए। गत मसिर १८ गते दिउँसो गौर–चन्द्रनिगाहपुर खण्ड अन्तर्गत सुकदेव चोक र जयनगरबीच भारतीय पिकअप भ्यान र रिक्सा जुँध्दा एकै परिवारका ७ समेत ८ जना घाइते भए। प्रदेश २–०३–००१ ह १०७४ नम्बरको रिक्सा र ...
— निर्वाचन प्रहरीमा आवश्यक संख्यामा आवेदन नपरेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भर्नाको म्याद दुई दिन थप गरेको छ। पुस २५ गतेदेखि माघ १ गतेसम्मका लागि तोकिएको आवेदन अवधिमा निर्वाचन प्रहरीमा आवेदन दिनेहरूको संख्या न्यून देखिएपछि प्रशासनले म्याद थपेको हो। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकालाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित निर्वाचन ...
— सामुदायिक वनमा लुकाई राखेको ६ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। त्रिवेणी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनमा लुकाई राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो। बरामद गरेको बन्दुक मध्ये एक थानमा बारुद समेत भरिएको थियो । स्थानीयले सिकार खेल्न प्रयोग गर्दै ‍भरुवा बन्दुक घरमा राखे थाहा पाउने डरले जंगलमा लुकाएको हुन सक्ने जिल्ला प्रहरी ...
नेपाली कांग्रेसको गगन थापा पक्षका महामन्त्री प्रदीप पौडेलले विधि र विधान अनुसार चल्दा देउवा पक्षका नेताहरुले आन्दोलन गर्ने लगायतका कुरामा प्रतिक्रिया दिँदै उनीहरुलाई त्यसो नगर्न अनुरोध गरेका छन् ।
— नेपाल बार एसोसिएसनले रास्वपा सभापति रवि लामिछानेको विभिन्न अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन महान्यायाधिवक्ताबाट भएको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । बारका महासचिव केदार कोइरालाले विज्ञप्ति जारी गर्दै यो निर्णयले कानुनी शासनको उल्लंघन हुने उल्लेख गरेका छन् । महान्यायाधिवक्ता सविता भण्डारीले देशभरका अदालतमा रहेका लामिछानेविरुद्धका दुई अभियोग स‌ंशोधनका ...