मुख्य समाचार
राष्ट्रिय लिग फुटबल अन्तर्गत ललितपुरको सातदोबाटो र काठमाडौंको संकटाले गोलरहित बराबरी खेले
राष्ट्रिय लिग फुटबल अन्तर्गत ललितपुरको सातदोबाटो र काठमाडौंको संकटाले गोलरहित बराबरी खेले

। राष्ट्रिय लिग फुटबल अन्तर्गत बिहीबार भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको दिनको पहिलो खेलमा ललितपुरको सातदोबाटो र काठमाडौंको संकटाले गोलरहित बराबरी खेलेका हुन् ।

दुवै टोलीले केही अवसर सिर्जना गरेपनि फिसिसिङमा राम्रो गर्न सकेनन् ।

दुवै टोलीले पहिलो खेल भएकोले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको प्रशिक्षकहरुको प्रतिक्रिया थियो ।

बराबरीपछि सातदोबाटो र संकटाले १-१ अंक जोडेको छ । सातदोबाटोमा राष्ट्रिय टिमबाट खेलिसकेका युवा फरवार्ड समिर तामाङदेखि सुरज ज्यु ठकुरी, विश्वास श्रेष्ठ, अभिषेक बराल, कुलदिप कार्की, एकराज बुढाथोकी, रोशन पहारी जस्ता घरेलु फुटबलका अनुभवी खेलाडीहरु थिए । टिमको बकप्तानी पासाङ लामाले गरेका थिए ।

यस्तै संकटाको कप्तानी गोलकिपर टिकेन्द्र थापाले गरेका थिए । संकटामा उमेर समूका सविन लुंगेली मगर लगायत खेलाडी थिए ।



राष्ट्रिय लिगमा यो दोस्रो बराबरी खेल भने गोल नभएको पहिलो खेल हो । यसअघि पहिलो दिन बुधबार चर्च ब्वाइज युनाइटेड र श्री भगवतीले १-१ को बराबरी खेलेका थिए ।

बराबरीपछि सातदोबाटोमा मुख्य प्रशिक्षक बालगोपाल साहुखलले पहिलो खेल भएकोले गाह्रो भएको बताए । उनले पहिलो हाफमा राम्रो खेलेपनि फिटनेस र इन्जुरीले गर्दा दोस्रो हाफमा केही गाह्रो भएको बताए । विदेशी खेलाडी फोडे फोफाना पहिलो हाफमा घाइते हुँदै मैदान बाहिरिएका थिए । ‘हामीलाई सेन्टर स्ट्राइकरको आवश्यकता छ । टिममा डेप्थ्य कमी । अब बवश्यकता अनुसार विदेशी खेलाडी थप्ने योजनामा छौँ ।’

आउने खेलहरुमा प्रदर्शनमा सुधार गर्दै उपाधि जित्ने नै योजना रहेको उनले बताए ।


यस्तै संकटाका मुख्य प्रशिक्षक रविन्द्र सिलाकारले अंक नगुमाउने रणनीतिमा सफल भएको प्रतिक्रिया दिए । ‘हाम्रो अंक नगुमाउने रणनीति थियो । त्यसमा सफल भयौँ ।’ उनले भने ।

डिफेन्समा दुई विदेशी राखेको संकटाले सातदोबाटोको आक्रमणला२ रोक्न सफल भएकोमा सिलाकार खुशि थिए । उनले अब मिडफिल्ड र परवार्ड लाइनमा अझ काम गर्नुपर्ने र एक विदेशी खेलाडी थप्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम