मुख्य समाचार
राष्ट्रिय लिग फुटबल अन्तर्गत ललितपुरको सातदोबाटो र काठमाडौंको संकटाले गोलरहित बराबरी खेले
राष्ट्रिय लिग फुटबल अन्तर्गत ललितपुरको सातदोबाटो र काठमाडौंको संकटाले गोलरहित बराबरी खेले

। राष्ट्रिय लिग फुटबल अन्तर्गत बिहीबार भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको दिनको पहिलो खेलमा ललितपुरको सातदोबाटो र काठमाडौंको संकटाले गोलरहित बराबरी खेलेका हुन् ।

दुवै टोलीले केही अवसर सिर्जना गरेपनि फिसिसिङमा राम्रो गर्न सकेनन् ।

दुवै टोलीले पहिलो खेल भएकोले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको प्रशिक्षकहरुको प्रतिक्रिया थियो ।

बराबरीपछि सातदोबाटो र संकटाले १-१ अंक जोडेको छ । सातदोबाटोमा राष्ट्रिय टिमबाट खेलिसकेका युवा फरवार्ड समिर तामाङदेखि सुरज ज्यु ठकुरी, विश्वास श्रेष्ठ, अभिषेक बराल, कुलदिप कार्की, एकराज बुढाथोकी, रोशन पहारी जस्ता घरेलु फुटबलका अनुभवी खेलाडीहरु थिए । टिमको बकप्तानी पासाङ लामाले गरेका थिए ।

यस्तै संकटाको कप्तानी गोलकिपर टिकेन्द्र थापाले गरेका थिए । संकटामा उमेर समूका सविन लुंगेली मगर लगायत खेलाडी थिए ।



राष्ट्रिय लिगमा यो दोस्रो बराबरी खेल भने गोल नभएको पहिलो खेल हो । यसअघि पहिलो दिन बुधबार चर्च ब्वाइज युनाइटेड र श्री भगवतीले १-१ को बराबरी खेलेका थिए ।

बराबरीपछि सातदोबाटोमा मुख्य प्रशिक्षक बालगोपाल साहुखलले पहिलो खेल भएकोले गाह्रो भएको बताए । उनले पहिलो हाफमा राम्रो खेलेपनि फिटनेस र इन्जुरीले गर्दा दोस्रो हाफमा केही गाह्रो भएको बताए । विदेशी खेलाडी फोडे फोफाना पहिलो हाफमा घाइते हुँदै मैदान बाहिरिएका थिए । ‘हामीलाई सेन्टर स्ट्राइकरको आवश्यकता छ । टिममा डेप्थ्य कमी । अब बवश्यकता अनुसार विदेशी खेलाडी थप्ने योजनामा छौँ ।’

आउने खेलहरुमा प्रदर्शनमा सुधार गर्दै उपाधि जित्ने नै योजना रहेको उनले बताए ।


यस्तै संकटाका मुख्य प्रशिक्षक रविन्द्र सिलाकारले अंक नगुमाउने रणनीतिमा सफल भएको प्रतिक्रिया दिए । ‘हाम्रो अंक नगुमाउने रणनीति थियो । त्यसमा सफल भयौँ ।’ उनले भने ।

डिफेन्समा दुई विदेशी राखेको संकटाले सातदोबाटोको आक्रमणला२ रोक्न सफल भएकोमा सिलाकार खुशि थिए । उनले अब मिडफिल्ड र परवार्ड लाइनमा अझ काम गर्नुपर्ने र एक विदेशी खेलाडी थप्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...