मुख्य समाचार
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले कृषि जैविक विविधता संरक्षण, उपयोग र प्रवर्द्धनमा युवाको सक्रिय सहभागिता हुनुपर्ने बताएका छन्
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले कृषि जैविक विविधता संरक्षण, उपयोग र प्रवर्द्धनमा युवाको सक्रिय सहभागिता हुनुपर्ने बताएका छन्

। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले कृषि जैविक विविधता संरक्षण, उपयोग र प्रवर्द्धनमा युवाको सक्रिय सहभागिता हुनुपर्ने बताएका छन् ।

चौथो ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ तथा माघे संक्रान्ति (माघी) पर्वका अवसरमा मन्त्री परियारले कृषि क्षेत्रको आधुनिकीकरण र जैविक विविधता संरक्षणलाई सँगसँगै लैजानुपर्ने बताए ।

यस वर्ष ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा : संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता’ भन्ने मूल नाराथ यो दिवस देशभरि मनाइँदैछ ।

मन्त्री परियारले नेपाल जैविक विविधता सम्बन्धी महासन्धिको पक्षराष्ट्र रहेको स्मरण गराउँदै सरकारले यसलाई आवधिक योजनामा आन्तरिकीकरण गरेको बताए ।

‘सरकारले कृषि जैविक विविधता नीति २०६३, वातावरण संरक्षण ऐन २०७६ र बिउबिजन ऐन २०८१ मार्फत स्थानीय र रैथाने बाली संरक्षण र दर्ता प्रक्रिया सहज बनाएको छ,’ उनले भने ।

हाल नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) ले पर–स्थानीय संरक्षण र कृषि विभाग अन्तर्गतका निकायले स्व–स्थानीय संरक्षणका कार्य गरिरहेको जानकारी मन्त्री परियारले दिए ।

हाल ४० स्थानीय तहमा सामुदायिक बिउ बैंकमार्फत संरक्षणका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

कृषि जैविक विविधतालाई नयाँ उचाइमा पुर्‍याउन युवाको भूमिका महत्त्वपूर्ण हुने मन्त्री परियारको ठहर छ । युवाले नवप्रवर्तन, आधुनिक प्रविधि, डिजिटल समाधान र मूल्य शृङ्खला विकास मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्ने उनले उल्लेख गरे ।

‘कृषि जैविक विविधता हाम्रो संस्कृति, परम्परा र राष्ट्रिय पहिचानसँग जोडिएको छ,’ उनले भने, ‘यसको संरक्षण गर्ने जिम्मेवारी अब भावी पुस्ताको काँधमा छ ।’

विकास साझेदार, गैरसरकारी संस्था र स्थानीय स्तरका संघसंस्थालाई अनुसन्धान र शिक्षाका कार्यमा सहकार्य गर्न मन्त्रालयले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केहि समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी (युनाईटेड जेन्जी) बीच एकता गर्दै घिसिङले केहि समय अघि करिब १२ दिन आफुहरू दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन् । अँध्यारोबाट बाहिर निस्किन १२ दिन लागेको ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठग र लुसिफरहरूले युवालाई अल्मल्याएर राष्ट्रविरुद्ध प्रयोग गर्न खोजेको टिप्पणी गरेका छन् । ४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले युवाहरू बाटो बिराउन खोजिरहेको बताए । युवाले देश पढ्न, बुझ्न र यस देशलाई कता लैजान खोजिँदैछ भन्ने जानकारी राख्न आवश्यक रहेको ओलीको भनाइ ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले नेपालमा नेपालीकै सरकार बनाउने र अरुको सरकार बनेमा सङ्घर्ष गरेर ढाल्ने बताएका छन् । ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूहरू नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरुकै पालामा हुनुपर्छ भन्ने अभियानका अहिले पनि लागिरहेको ...
। गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूची र मनोनयनको हस्ताक्षर संशोधन गर्ने निर्णय गरेको छ । बुधबारमात्रै निर्वाचित भएको थापा नेतृत्वको केन्द्रीय समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो । सोही निर्णयअनुसार सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । यसअघि निर्वाचन आयोगमा बुझाइएको ...
। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । सभापति थापा सहितको पदाधिकारी टोलीले कानुनविद्हरू समेत लिएर निर्वाचन आयोग पुगी कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अनुरोध गरेको हो । सभापति थापाले निर्वाचनको समय आइसकेकाले पार्टीको विवरण चाँडोभन्दा चाँडो अद्यावधिक गरिदिन अनुरोध गरेका छन् । उनले कार्यवहाक प्रमुख ...