। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चयन भएका गगनकुमार थापासहितले पार्टीको अध्यावधिक विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
निर्वाचन आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर उनीहरूले विवरण बुझाएका हुन् ।
‘अध्यावधिक गरेको विवरण निर्वाचन आयोगलाई जानकारी गराएका छौँ । केन्द्रीय समिति परिमार्जन भएको पुष्ट्याइँ गर्ने कागजात लिएर आयौँ । बुझायौँ,’ थापाले भने, ‘वरिष्ठ अधिवक्ता हरिहर दाहालसँग आयोगका पदाधिकारीले कुरा गर्नु भयो । उहाँ (दाहाल)ले माघ ६ गते प्रतिनिधि सभाको मनोनयन समय भएकोले छिटै टुंग्याइदिने अपेक्षा राख्नु भयो । आयोगको तर्फबाट केही कुरा भएन आज ।’
थापाले शेरबहादुर देउवालाई तत्कालीन सभापति भन्दै थपे, ‘पार्टीको नयाँ नेतृत्व आइसकेपछि तत्कालीन सभापति शेरबहादुर देउवाको हस्ताक्षरलाई बदलेर सभापति गगन थापाको हस्ताक्षर अब प्रयोग हुनेछ भनेर यहाँ भनेका छौँ ।’