मुख्य समाचार
थाइल्यान्डको एउटा राजमार्गमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा दुई जनाको मृत्यु
थाइल्यान्डको एउटा राजमार्गमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा दुई जनाको मृत्यु

। थाइल्यान्डको एउटा राजमार्गमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा दुई जनाको मृत्यु भएको छ।

एक दिनअघि मात्रै थाइल्यान्डको अर्को क्षेत्रमा भएको क्रेन दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका थिए।




यो क्रेन बैंककको उपनगर समुत साखोनमा एउटा एक्सप्रेसवे (द्रुतमार्ग) निर्माणमा प्रयोग भइरहेको थियो।

सार्वजनिक भएको भिडियोमा क्रेन राजमार्गमा खसिरहेको र धेरै कारहरू पुरिएका देखिन्छन्। साथै धूलो र भग्नावशेषको मुस्लो उडिरहेको पनि देखिन्छ।




बुधबार उत्तर-पूर्वी प्रान्त नाखोन रत्चासिमामा भएको दुर्घटनामा एउटा क्रेन गुडिरहेको रेलमाथि खसेको थियो। उक्त दुर्घटनामा ६० जनाभन्दा बढी घाइते भएका थिए।

यी दुवै घटनामा निर्माण कार्य एउटै कम्पनी ‘इटालियन-थाई डेभलपमेन्ट’ मार्फत भइरहेको छ। यो थाइल्यान्डको सबैभन्दा ठूला निर्माण कम्पनीहरूमध्ये एक हो।

थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा लगातार क्रेन यात्रुवाहक रेलमा खसेको हो ।

थाइल्यान्डमा कार्यरत सबैभन्दा ठूलो निर्माण फर्महरू मध्ये एक ‘इटालियन–थाई डेभलपमेन्टल कम्पनी’ ले दुर्घटनाग्रस्तस्थलमा उच्च गतिको रेलको खण्ड निर्माण गर्ने सम्झौता गरेको थियो । कम्पनीले हालैका वर्षहरूमा यसको निर्माणस्थलमा धेरै घातक दुर्घटनाहरू व्यहोरेको छ।

कम्पनीले मृतक र दर्जनौँ घाइतेप्रति समवेदना व्यक्त गर्दै पीडितका परिवारलाई क्षतिपूर्ति दिने र उपचार खर्च बेहोर्ने बताएको छ ।

थाई स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझसम्ममा ३२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने तीन जना हराइरहेका छन् । घटनामा परी घाइते भएका ६४ जनालाई अस्पताल भर्ना गरिएको छ ।

दुई वटा ठूलो विस्फोटको आवाज सुनेपछि आफू घटनास्थलमा गएको र तीन डिब्बा भएको रेलमा क्रेन खसेको अवस्थामा फेला परेको स्थानीय बासिन्दाले बताए ।

थाइल्यान्डमा उच्च गतिको रेल सञ्जाल निर्माण गर्न चीनले सहयोग गरेको पाँच अर्ब डलरभन्दा बढी लगानीको परियोजनाको हिस्सा रहेको निर्माण स्थलमा दुर्घटना भएको हो ।

बेइजिङको विशाल बेल्ट एन्ड रोड पूर्वाधार पहलअन्तर्गत सन् २०२८ सम्ममा बैङ्ककलाई लाओस हुँदै चीनको कुनमिङसम्म जोड्ने लक्ष्य राखिएको छ ।

थाइल्यान्डको सरकारी रेल सञ्चालक निकायले १५ दिनभित्र सत्यतथ्य खोज गर्न समिति गठन गर्ने र ‘दोषीहरूलाई कानुनको पूर्ण दाएरामा ल्याइने बताएको छ।

रेल सञ्चालकले अनुसन्धान पूरा नभएसम्म इटालियन–थाईलाई निर्माण कार्य रोक्न आदेश दिएको पनि बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम