। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवारको मनोनयन–पत्रमा आधिकारिक हस्ताक्षर परिवर्तन गर्न आयोगमा निवेदन परेको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कांग्रेसले उम्मेदवारको मनोनयनपत्रमा आधिकारिक हस्ताक्षर परिवर्तन गर्न निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हस्ताक्षर भएको मनोनयन पत्र मात्र स्वीकार हुने गरी आयोगमा निवेदन परेको थियो । सोही आधारमा आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तथा राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको नाम स्वीकार गरिसकेको छ ।
विशेष महाधिवेशनपछि भने थापा नेतृत्वको कांग्रेसले आफूहरू आधिकारिक रहेको भन्दै देउवाको स्थानमा सभापति थापाको हस्ताक्षरबाट मनोनयन पत्र जारी गरिने भन्दै निवेदन पेस दिएको हो ।
आज बसेको थापा नेतृत्वको पहिलो केन्द्रीय समितिको बैठकले पार्टीको विवरण आयोगमा अध्यावधिकका लागि निवेदन दिने निर्णय गरेको थियो । सोहीअनुसार थापासहितका पदाधिकारी र कानुनविज्ञ आयोग पुगेका छन् ।