मुख्य समाचार
अमेरिकाले ७५ देशका आवेदकहरूका लागि आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्ने निर्णय
अमेरिकाले ७५ देशका आवेदकहरूका लागि आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्ने निर्णय

। अमेरिकाले ७५ देशका आवेदकहरूका लागि आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्ने निर्णय गरेको छ । यो निलम्बन जनवरी २१ देखि लागू हुनेछ र यसले ल्याटिन अमेरिका, क्यारिबियन, बाल्कन क्षेत्र तथा दक्षिण एशिया, अफ्रिका र मध्य पूर्वका धेरै देशहरूलाई प्रभाव पार्नेछ।

दक्षिण एशियाका केही देशहरूसँगै नेपाल पनि यो सूचीमा परेको छ । यसले अमेरिका जाने योजना बनाएका धेरै नेपालीहरू प्रभावित हुनेछन् ।


अलजजिराका अनुसार, यो निर्णयले पर्यटक वा अल्पकालीन भिसा वाहकहरूका लागि भने लागू हुने छैन। यो परिवर्तनले अमेरिकामा स्थायी रूपमा बसोबास गर्न चाहने मानिसहरूलाई मात्र असर गर्नेछ।

यद्यपि, अमेरिकाले क्यानडा र मेक्सिकोसँग मिलेर फिफा विश्वकप आयोजना गर्नुभन्दा पाँच महिनाअघि यो कदम चालेको छ। आप्रवासी, शरणार्थी, विदेशी विद्यार्थी र भिसा आवेदकहरूमाथि भइरहेको शृङ्खलाबद्ध कडाइले आगन्तुकहरूप्रति अमेरिकाको दृष्टिकोणमा प्रश्न खडा गरेको छ।




नयाँ निर्णयमा के छ ?

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कन्सुलरहरूलाई प्रभावित देशका आप्रवासी भिसा आवेदनहरूमाथि निर्णय गर्न रोक्न निर्देशन दिएको छ। यो कदम नोभेम्बरमा जारी गरिएको एक महत्वपूर्ण आदेशपछि आएको हो, जसले अमेरिकामा आर्थिक भार बन्न सक्ने सम्भावित आप्रवासीहरूको जाँचलाई कडा बनाएको थियो।

मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘ट्रम्प प्रशासनले अमेरिकी जनताको सम्पत्ति दोहन गर्नेहरूबाट भइरहेको अमेरिकी अध्यागमन प्रणालीको दुरुपयोग अन्त्य गर्दैछ। यी ७५ देशका आप्रवासी भिसा प्रक्रिया तबसम्म रोकिनेछ जबसम्म विदेश मन्त्रालयले अध्यागमन प्रक्रियाको पुन: मूल्याङ्कन गर्दैन, ताकि सरकारी कल्याणकारी सुविधाहरू लिने विदेशी नागरिकहरूको प्रवेश रोक्न सकियोस्।’

यसले कसरी काम गर्छ?

विदेश मन्त्रालयका अनुसार, प्रभावित देशका नागरिकहरूले अझै पनि आप्रवासी भिसा आवेदन पेस गर्न सक्नेछन्, तर यो रोक अवधिभर कुनै पनि आप्रवासी भिसा स्वीकृत वा जारी गरिने छैन।

अमेरिकी सरकारले यो निलम्बन कहिले फुकुवा हुन्छ भन्ने कुनै समयसीमा तोकेको छैन।


यो पनि पढ्नुहोस
अमेरिकाले नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने
यसमा दोहोरो नागरिकता भएका व्यक्तिहरूले निलम्बनमा नपरेको देशको वैध राहदानी प्रयोग गरेर आवेदन दिँदा भने कुनै अवरोध हुनेछैन । यो निलम्बन गैर-आप्रवासी, अस्थायी, पर्यटक वा व्यापारिक भिसामा लागू हुने छैन।

आप्रवासन रोक्न ट्रम्पले चालेका अन्य कदमहरू के हुन्?

हालैका महिनाहरूमा ट्रम्प प्रशासनले अध्यागमन नियमहरू कडा बनाएको छ। विशेष गरी सुरक्षा जाँच प्रक्रिया बलियो नभएका र अमेरिकाले राष्ट्रिय सुरक्षाका लागि सम्भावित जोखिम ठानेको देशहरूका लागि यसो गरिएको हो ।

जुन २०२५ मा अमेरिकाले १२ देशहरू (अफगानिस्तान, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, म्यानमार, सोमालिया, सुडान र यमन) का नागरिकहरूमाथि पूर्ण यात्रा प्रतिबन्ध लगाएको थियो।

अक्टोबर २०२५ मा शरणार्थी प्रवेशको सीमा अमेरिकी इतिहासकै सबैभन्दा कम ७,५०० मा झर्‍यो। यो कोटा पनि मुख्यतयाः दक्षिण अफ्रिकाका ‘श्वेत अफ्रिकन’ हरूका लागि छुट्याइएको छ।

ट्रम्पले दक्षिण अफ्रिकामा श्वेत नागरिकमाथि नरसंहार भइरहेको अपुष्ट मान्यताहरूलाई बढावा दिएका छन्, जबकि तथ्याङ्कले त्यहाँ सबै जातिका मानिसहरू उच्च हिंसात्मक अपराधको शिकार भएको देखाउँछ।

ट्रम्प प्रशासनले पछिल्लो समय दक्ष कामदारमाथि पनि कडाइ गरेको छ । सेप्टेम्बरमा, एच-१बी भिसा शुल्क भारी मात्रामा बढाएर प्रति आवेदन एक लाख डलर पुर्‍याइएको छ।

वासिङ्टन डीसीमा दुई नेशनल गार्ड सदस्यमाथि भएको गोलीकाण्डमा एक अफगानी नागरिकको संलग्नता देखिएपछि प्यालेस्टाइन, बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरियालाई पनि प्रतिबन्धित सूचीमा थपिएको छ।

अत्यधिक देश निकाला

डिसेम्बरको सुरुसम्ममा ट्रम्पको होमल्याण्ड सेक्युरिटी विभागले ६ लाख ५ हजार भन्दा बढी मानिसलाई देश निकाला गरेको छ भने अरू १९ लाख मानिसहरूले आफैं अमेरिका छाडेका छन् ।

ब्रोकिंग्स इन्स्टिच्युसनको विश्लेषण अनुसार, सन् २०२५ मा अमेरिका प्रवेश गर्नेभन्दा बाहिरिने आप्रवासीहरूको संख्या बढी देखिएको छ। विगत ५० वर्षमा पहिलो पटक अमेरिकामा ‘नेट नेगेटिभ माइग्रेसन’ भएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार गत वर्ष आप्रवासीहरूको खुद क्षति १० हजारदेखि २ लाख ९५ हजारको बीचमा रहेको अनुमान छ। (अलजजिराको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्यान्डको एउटा राजमार्गमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा दुई जनाको मृत्यु भएको छ। एक दिनअघि मात्रै थाइल्यान्डको अर्को क्षेत्रमा भएको क्रेन दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका थिए। यो क्रेन बैंककको उपनगर समुत साखोनमा एउटा एक्सप्रेसवे (द्रुतमार्ग) निर्माणमा प्रयोग भइरहेको थियो। सार्वजनिक भएको भिडियोमा क्रेन राजमार्गमा खसिरहेको र धेरै कारहरू पुरिएका देखिन्छन्। साथै धूलो र भग्नावशेषको मुस्लो ...
। भारतको मिनाक्षी इनर्जी लिमिटेडले भारतको एउटा राज्यलाई सस्तोमा बिजुली बिक्री गरिरहँदा नेपाल विद्युत् प्राधिकरणले भने निकै महँगो दरमा सम्झौता गरेको पाइएको छ । पूर्वऊर्जामन्त्री कुलमान घिसिङ र विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मनोज सिलवालले सेटिङमा ४३ करोड गडबडी हुने गरी भारतीय कम्पनी पीटीसी इन्डियासँग विद्युत् खरिद सम्झौता गरेका थिए । पीटीसी इन्डियासँग प्राधिकरणले किन्न लागेको विद्युत् ...
इरानका विदेशमन्त्री सैयद अब्बास अरघचीले विरोध प्रदर्शनमा हजारौं मानिस मारिएको दाबीलाई अस्वीकार गरेका छन्। फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘यी दाबीहरू आधारहीन छन् । यसको कुनै प्रमाण छैन । मृत्यु हुनेको संख्या सयौंमा मात्र छ ।’ उनले प्रदर्शनको क्रममा मृत्यु हुनेको सही संख्या ‘छिट्टै’ सार्वजनिक गरिने बताए । इरानमा २८ डिसेम्बरदेखि भइरहेको विरोध प्रदर्शनमा हजारौंको मृत्यु भएको ...
। युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीले आफ्नो ४० वर्षे शासन लम्ब्याउन खोज्दा विपक्षीहरूमाथि दमनलाई थप कडा बनाउँदै मंगलबारदेखि युगान्डाका अधिकारीहरूले राष्ट्रव्यापी इन्टरनेट पहुँच बन्द गरेका छन्। राज्य र सुरक्षा निकायहरूमा पूर्ण नियन्त्रण राखेका ८१ वर्षीय नेताले बिहीबारको निर्वाचनबाट आफ्नौ सातौँ कार्यकाललाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ । को हुन् योवेरी मुसेभेनी ? युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीले चार दशकको शासनमा ...
। अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित अफगानिस्तान, इरान, रुस र सोमालियासहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा बस्दा सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै यो कदम चालेको हो। विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको विदेश मन्त्रालयले कन्सुलर अधिकारीहरूलाई प्रभावित देशहरूबाट आउने आप्रवासी भिसा आवेदनहरू ...