मुख्य समाचार
आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक
आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक

। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ ।

वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ ।

सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, त्यसपछि पाँच तेलुगु, तीन तमिल, मलयालम र कन्नड भाषाका फिल्म एक-एक छन् ।

फिल्म ‘किङ’ मार्फत शाहरुख र ‘पठान’ फेम्ड निर्देशक सिद्धार्थ आनन्दको पुनः सहकार्य हुँदैछ, जुन शाहरुखको करिब तीन वर्षयता हलमा रिलिज हुने पहिलो फिल्म हुनेछ । फिल्मको यो शीर्ष र्‍याङ्किङले ठूलो पर्दामा फर्किने शाहरुखको तयारीलाई लिएर फ्यानको तीव्र उत्सुकतालाई दर्शाउँछ ।

सूचीमा ‘किङ’ पछाडि नितेश तिवारी निर्देशन र रणवीर कपुर– यश स्टारर पौराणिक महाकाव्य ‘रामायण : पहिलो अध्याय’, साउथ स्टार विजयको अन्तिम फिल्म भनिएको ‘जन नायगन’, सन्दीप रेड्डी भांगा निर्देशित र प्रभास स्टारर ‘स्प्रिट’, यश अभिनित र गीतु मोहनदास निर्देशित ‘टक्सिक’ छन् ।

सूचीमा रहेका प्रशस्तै फिल्ममा चर्चित स्टार देखिनेछन् । ‘टक्सिक’ र ‘प्याट्रिअट’ दुबैमा साउथ अभिनेत्री नयनतारा देखिनेछिन्, जुन फिल्ममा ममुट्टी र मोहनलाल पनि देखिनेछन् । यश ‘रामायण भाग १’ र ‘टक्सिक’ दुबैमा देखिनेछन् ।

सनी देओल “रामायण भाग १’ र “बोर्डर २’ मा अभिनय हुनेछन् । प्रभासले “स्पिरिट’ र “फौजी’ मा अभिनय गरेका छन् । रणवीर कपूर “रामायण भाग १’ र संजयलीला भन्सालीको “लभ एण्ड वार’ मा देखा पर्नेछन्, जसमा आलिया भट्ट पनि छन् ।

भट्टले यशराज फिल्म्सको स्पाइ युनिभर्सको श्रृंखला “अल्फा’ मा पनि अभिनय गरेकी छन् । तृप्ती डिमरीले “स्पिरिट’ र “ओ रोमियो’ मा भूमिका निर्वाह गरेकी छन् । सूचीमा ‘धुरन्धर २’, यशराज फिल्म्सको जासूस ब्रम्हाण्डको फिल्म ‘अल्फा’, लोकेश सिनेम्याटिक युनिभर्सको ‘बेन्ज’, म्याडक हरर कमेडी युनिभर्सको ‘शक्ति शालिनी’ पनि सूचीमा छन् ।

शीर्ष २० मा सलमान खानको ‘ब्याटल अफ गलवान’, प्रदीप रंगनाथको ‘एलआईके : लभ इन्स्योरेन्स कम्पनी’, नानीको ‘द प्याराडाइज’, राम चरणको ‘पेड्डी’, जुनियर एनटीआरको ‘ड्रागन’, अक्षय कुमारको ‘भूत बंगला’ छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...