मुख्य समाचार
आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक
आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक

। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ ।

वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ ।

सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, त्यसपछि पाँच तेलुगु, तीन तमिल, मलयालम र कन्नड भाषाका फिल्म एक-एक छन् ।

फिल्म ‘किङ’ मार्फत शाहरुख र ‘पठान’ फेम्ड निर्देशक सिद्धार्थ आनन्दको पुनः सहकार्य हुँदैछ, जुन शाहरुखको करिब तीन वर्षयता हलमा रिलिज हुने पहिलो फिल्म हुनेछ । फिल्मको यो शीर्ष र्‍याङ्किङले ठूलो पर्दामा फर्किने शाहरुखको तयारीलाई लिएर फ्यानको तीव्र उत्सुकतालाई दर्शाउँछ ।

सूचीमा ‘किङ’ पछाडि नितेश तिवारी निर्देशन र रणवीर कपुर– यश स्टारर पौराणिक महाकाव्य ‘रामायण : पहिलो अध्याय’, साउथ स्टार विजयको अन्तिम फिल्म भनिएको ‘जन नायगन’, सन्दीप रेड्डी भांगा निर्देशित र प्रभास स्टारर ‘स्प्रिट’, यश अभिनित र गीतु मोहनदास निर्देशित ‘टक्सिक’ छन् ।

सूचीमा रहेका प्रशस्तै फिल्ममा चर्चित स्टार देखिनेछन् । ‘टक्सिक’ र ‘प्याट्रिअट’ दुबैमा साउथ अभिनेत्री नयनतारा देखिनेछिन्, जुन फिल्ममा ममुट्टी र मोहनलाल पनि देखिनेछन् । यश ‘रामायण भाग १’ र ‘टक्सिक’ दुबैमा देखिनेछन् ।

सनी देओल “रामायण भाग १’ र “बोर्डर २’ मा अभिनय हुनेछन् । प्रभासले “स्पिरिट’ र “फौजी’ मा अभिनय गरेका छन् । रणवीर कपूर “रामायण भाग १’ र संजयलीला भन्सालीको “लभ एण्ड वार’ मा देखा पर्नेछन्, जसमा आलिया भट्ट पनि छन् ।

भट्टले यशराज फिल्म्सको स्पाइ युनिभर्सको श्रृंखला “अल्फा’ मा पनि अभिनय गरेकी छन् । तृप्ती डिमरीले “स्पिरिट’ र “ओ रोमियो’ मा भूमिका निर्वाह गरेकी छन् । सूचीमा ‘धुरन्धर २’, यशराज फिल्म्सको जासूस ब्रम्हाण्डको फिल्म ‘अल्फा’, लोकेश सिनेम्याटिक युनिभर्सको ‘बेन्ज’, म्याडक हरर कमेडी युनिभर्सको ‘शक्ति शालिनी’ पनि सूचीमा छन् ।

शीर्ष २० मा सलमान खानको ‘ब्याटल अफ गलवान’, प्रदीप रंगनाथको ‘एलआईके : लभ इन्स्योरेन्स कम्पनी’, नानीको ‘द प्याराडाइज’, राम चरणको ‘पेड्डी’, जुनियर एनटीआरको ‘ड्रागन’, अक्षय कुमारको ‘भूत बंगला’ छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...
। बलिउड अभिनेता सलमान खानको ६० औं जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक भएको छ । भाइजानले आफ्नो जन्मदिनमा टिजर सार्वजनिक गर्दैै प्रशंसकलाई उपहार दिएका छन् । १ मिनेट ११ सेकेन्डको टिजरमा सलमानलाई भारतीय सैनिक अफिसरको भूमिकामा देख्न सकिन्छ । टिजरमा सलमानलाई मात्र चित्रण गरिएको छ । ‘यदि चोट लाग्यो भने तक्मा ...