। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताको ज्यान जोखिममा रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘आज पनि ज्यान जोखिममा छ । अहिले मुद्दा लगाउँछु, भरे लगाउँछु भनिरहेकै छन् । खोजीखोजी घरमा आगो लगाइरहेकै छन् । अहिले सजिलो छ र ?,’ उनले भने, ‘एमाले भयो भने घरमा आगो लगाउँछु भनेका छैन, आगो लगाएका छन् । अहिले पनि सजिलो छैन ।’
उनले आगो लगाउनेदेखि सरकार अपदस्त गराउनेहरु गर्वका साथ हिँडिरहेको बताए ।
उनले हिजोजस्तै आज पनि नेतृत्वमा त्यागको भावना रहेको बताए । बिना त्याग संसार बदल्न नसकिने अध्यक्ष ओलीको भनाइ छ ।
‘हिजो पनि थियो, आज पनि त्यागको भावना छ । बिना त्याग संसार परिवर्तन हुँदैन । मेहनत, बलिदान, निष्ठा चाहिन्छ । आदर्श र उद्देश्यहरूप्रति हिजो पनि निष्ठा थियो, आज पनि छ ।’