। नेकपा एमालेले ४ माघमा काठमाडौंमा चुनावी सभा गर्ने भएको छ ।
नेकपा एमालेका सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सभाबारे जानकारी दिए ।
‘४ माघमा १२ बजे भृकुटीमण्डपबाट २०औं हजारको सहभागितामा कमलादीसम्म र्याली निकाल्छौं र त्यो र्याली राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सभामा परिणत हुनेछ,’ उनले भने, ‘एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सभालाई सम्बोधन गर्नुहुनेछ ।’
सचिव बस्नेतले एमाले चुनावमा होमियो भन्ने सन्देश दिन भव्य र सभ्य र्याली गर्ने बताए ।
भर्खरै सम्पन्न एमाले महाधिवेशनबाट केन्द्रीय समितिमा एक तिहाइ नयाँ अनुहार, १३ प्रतिशत ४० मुनिका युवा र एक तिहाइ ५० मुनिका युवा समेटिएको उनले बताए ।
‘पार्टीले अरू सबै कुरा रोकेर निर्वाचन केन्द्रित कार्यविभाजन गरेको छ, हामी एमाले निर्वाचनमा होमियो भन्ने सन्देश दिन चाहिरहेका छौं,’ सचिव बस्नेतले भने ।