मुख्य समाचार
विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा
विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा

। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो ।

एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् ।


साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको हो । सन् २०२२ मा सार्वजनिक भएको उनीहरूको दोस्रो स्टुडियो एल्बम ‘बोर्न पिङ्क’ पछि ब्याण्डको यो पहिलो सामूहिक सांगीतिक प्रस्तुति हुनेछ ।

नयाँ एल्बमको घोषणासँगै सामाजिक सञ्जालमा एउटा टिजर भिडियो पनि सार्वजनिक गरिएको छ । उक्त टिजरले एल्बम रिलिजको मिति र समयलाई आधिकारिक रूपमा पुष्टि गरेको छ ।


जसअनुसार, २७ फेब्रुअरी (१५ फागुन) मा नेपाली समयानुसार बिहान ९ बजेर ४५ मिनेटमा ब्याण्डको एल्बम रिलिज हुनेछ । लामो समयदेखि व्यक्तिगत प्रोजेक्टमा व्यस्त रहेका चारैजना सदस्यहरू (जिसु, जेनी, रोजे र लिसा) पुनः एकसाथ देखिने भएपछि विश्वभरका प्रशंसकमा उत्साह छाएको छ ।

एल्बमको नामलाई लिएर धेरैमा कौतुहलता रहे पनि अन्ततः यो समूहले आफ्नो विश्व भ्रमण कै नाम ’डेडलाइन’ लाई एल्बमको शीर्षकको रूपमा रोजेको देखिएको छ ।

स्रोतका अनुसार, ब्याण्डले गत वर्षको अन्त्यतिर नै नयाँ म्युजिक भिडियोको छायाङ्कन सम्पन्न गरिसकेको छ । लगत्तै एल्बमको कभर फोटोसुट र अन्य प्रचारका कामहरू पनि सकिएको बताइएको छ ।

आगामी एल्बम ’डेडलाइन’ पछिल्लो चर्चित डिजिटल सिंगल ‘जम्प’ सार्वजनिक भएको करिब ७ महिनापछि आउन लागेको हो । ‘जम्प’ सन् २०२५, जुलाई ११ मा रिलिज भएको थियो, जसले विश्वव्यापी चार्टमा राम्रो सफलता पाएको थियो ।

एल्बम सार्वजनिक हुनुअघि ब्याण्ड अहिले आफ्नो भव्य विश्व भ्रमणमा व्यस्त छ । सन् २०२५ देखि सुरु भएको यो ‘डेडलाइन’ वल्र्ड टुर आगामी जनवरी २६, २०२६ मा हङकङको काइ ताक स्टेडियममा एक विशेष सांगीतिक समारोहका साथ समापन हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...