मुख्य समाचार
गगन थापाले निर्वाचन आयोग कुनै पनि अवैध शक्तिको प्रभावमा नपर्ने ठूलो विश्वास आफूहरूले राखेको बताए
गगन थापाले निर्वाचन आयोग कुनै पनि अवैध शक्तिको प्रभावमा नपर्ने ठूलो विश्वास आफूहरूले राखेको बताए

। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाले निर्वाचन आयोग कुनै पनि अवैध शक्तिको प्रभावमा नपर्ने ठूलो विश्वास आफूहरूले राखेको बताएका छन् ।

मध्यराति काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनबाट सभापति चुनिएपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका छन् ।


‘निर्वाचन आयोगलाई हामी ठूलो भरोसा राख्छौं । संविधानले चिनेको निर्वाचन आयोग हो । निर्वाचन आयोग कुनै पनि अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने हाम्रो ठूलो विश्वास छ,’ सम्बोधनका क्रममा उनले भने ।

निर्वाचन आयोगले प्रचलित कानुन, परम्परा, विधान र यहाँ भित्रको उपस्थितिलाई हेर्नुपर्ने उनको भनाइ छ ।


‘निर्वाचन आयोग प्रचलित कानुन, परम्परा, विधान र यहाँ भित्रको उपस्थितिलाई हेर्छ । यत्रो भव्य उपस्थिति भएको छ । यहाँभित्रको विधानलाई हेर्छ,’ थापाले भने, ‘विधान महाधिवेशनभन्दा ठूलो विधानले अरु कुनै पनि ठूलो संरचना भनेको छैन । भोलि पार्टीका सदस्यहरू कता उभिएका छन् भनेर हेर्ने हो भने पनि, करिब १० लाख नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्य छ । निर्वाचन आयोगले हेरौं भनेको बेलामा १० लाखमध्ये ९ लाख ८० हजार सदस्य एक ठाउँमा उभिएनन् भने त्यो बेलामा भन्ने अवस्था आउँछ, नेपाली कांग्रेस कहाँ छ भन्ने कुरा त्यसैले पनि देखाउँछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
बालेनसँगको फोटो पोस्ट गर्दै स्वर्णिमले भने- देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट
। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको समूह अभिलेख अद्यावधिक गर्न आज निर्वाचन आयोग जाने भएको छ । नयाँ निर्वाचित कार्यसमितिको पहिलो बैठक गरेपछि त्यसको निर्णयसहित गगन–विश्व समूह निर्वाचन आयोग जान लागेको हो । नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेको र त्यसबाट नयाँ नेतृत्व चयन गरेकाले अधिलेख अद्यावधिक गर्न आयोग जाने तयारी भएको अधिवक्ता राजु कटवालले ...
। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा चयन भएका छन् । पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका हुन् । केहीबेरमा महाधिवेशन हलमा नेतृत्रव घोषणा हुँदैछ ।
। आज माघे संक्रान्ति । विशेषगरी थारू समुदायले धुमधामका साथ मनाउने यो पर्व देशभर लोकप्रिय छ । संक्रान्तिको दिनै पर्खेर नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ कार्यसमिति घोषणा गरेको छ । भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रमा उद्घोषकले नै १२ बज्नासाथ भनेकी थिइन्, ‘हामी नयाँ दिन कुरेका थियौं । त्यही भएरै केहीबेर ढिलो गरेका पनि हौं ।’ करिब सवा ...
। राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका ...