मुख्य समाचार
विश्वप्रकाश शर्माले आफूले बिहानै पद त्यागेको भन्दै केन्द्रीय समितिले कारबाही गर्नुको कुनै औचित्य नरहेको बताए
विश्वप्रकाश शर्माले आफूले बिहानै पद त्यागेको भन्दै केन्द्रीय समितिले कारबाही गर्नुको कुनै औचित्य नरहेको बताए

। नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आफूले बिहानै पद त्यागेको भन्दै केन्द्रीय समितिले कारबाही गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै नेता शर्माले पार्टीलाई परिवर्तित समयअनुसार चलाएर अघि बढौँ भन्दा कारबाहीमा परिएको टिप्पणी समेत गरे ।

पार्टीलाई हालको अवस्थाबाट माथि उठाउन जारी महाधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्ने दाबी समेत गर्दै उनले आफूले पार्टीको कुनै पदाधिकारीमा पनि उम्मेदवारी नदिएको पनि उल्लेख गरे ।

‘केन्द्रीय समिति बैठकले कारबाही गरेको भन्ने सुनेँ । जिन्दगीमा पहिलो चोटि कारबाही भन्ने शब्दमा परियो । म साथीहरूसँग गफ गर्दै थिएँ । बदलिएको समय अनुसार कांग्रेस चलाउँ भन्दा कारबाहीमा परिँदो रहेछ,’ उनले भने, ‘एकजना साथीले फोन गरेर दाइ कारबाहीमा पर्नुभएछ भन्नुभयो । महामन्त्री त मैले बिहानै छोडिसकेँ भनिदिएँ । बिहानै मैले महामन्त्री छोडेर महामन्त्रीका लागि पार्टीका दुई युवा नेता प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गर्नुभएको छ ।’

उनले देशभरका पार्टी कार्यकर्ताअनुसार बन्दसत्रबाट कार्यसमिति बनाएर निर्वाचन आयोगमा जाने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले सभापति शेरबहादुर देउवालाई कुरा बुझाउनै नसकेको बताएका छन् । देउवा पक्षले कारबाही गरेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा उनले देउवाले ‘वैशाखमा नियमिति महाधिवेशन हुन्छ र त्यै बेलामा सभापति बन्नू’ भनेर आजै बिहान पनि भनेको बताए । ‘मैले उहाँलाई कुरा बुझाउनै सकिनँ । म त अहिले महामन्त्री छु ...
। प्रहरी भन्दै लुटपाट गर्दै हिँडेको आरोपमा नक्कली प्रहरी समातिएका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ का ३३ वर्षीय आकाश भनिने विक्रान्त केसी छन् । उनले २५ पुसमा सिनामंगलमा केही व्यक्तिलाई आफू प्रहरी बताउँदै लुटपाट गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले बताए । पक्राउ परेका केसीको कोठा खानतलासी गर्दा लागु औषध र सुनका सिक्री, ...
। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन् । अन्य पदाधिकारीको टुंगो लाग्न बाँकी रहेको तर पौडेल र घिमिरे महामन्त्रीमा चयन भएका छन् । आज बिहान उम्मेदवारी दिँदा महामन्त्री पदमा उनीहरूको मात्रै उम्मेदवारी दर्ता भएको थियो । महामन्त्रीमा पौडेल र घिमिरे चयन भएको नेता विश्वप्रकाश शर्माले जानकारी दिए । त्यस्तै सभापति ...
। मोटरसाइकल चोरी गर्ने गिरोहका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी प्रभाग बुङमतिको संयुक्त टोलीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का २२ वर्षीय सन्तोष चौधरी, भारतको बिहार मोतिहारी घर भइ कीर्तिपुर चोभारमा वर्कशप चलाउने २३ वर्षीय काजिम शेख, रौतहटको गरुडा नगरपालिका–६ ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको प्रचारलाई जनताको घरदैलो अभियानमा केन्द्रित गर्ने बताएका छन् । ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई प्रत्यक्ष रुपमा जनतासँग भेट हुनेगरी घरदैलो अभियानलाई तीव्रता दिने बताएका हुन् । सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँगको समायोजन कार्यक्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम