। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन् ।
अन्य पदाधिकारीको टुंगो लाग्न बाँकी रहेको तर पौडेल र घिमिरे महामन्त्रीमा चयन भएका छन् । आज बिहान उम्मेदवारी दिँदा महामन्त्री पदमा उनीहरूको मात्रै उम्मेदवारी दर्ता भएको थियो ।
महामन्त्रीमा पौडेल र घिमिरे चयन भएको नेता विश्वप्रकाश शर्माले जानकारी दिए ।
त्यस्तै सभापति पदमा गगनकुमार थापाको उम्मेदवारी परेको छ । पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार आइतबारदेखि काठमाडौँमा विशेष महाधिवेशन सुरु भएको थियो ।