मुख्य समाचार
विद्यार्थी भिसा नीतिमा अस्ट्रेलियाको कडाइ, नेपाल उच्च जोखिममा
विद्यार्थी भिसा नीतिमा अस्ट्रेलियाको कडाइ, नेपाल उच्च जोखिममा

। अस्ट्रेलियाले विद्यार्थी भिसाको जाँच प्रक्रियामा कडाइ गरेको छ । अस्ट्रेलियाको शिक्षा विभागले उच्च जोखिममा रहेका देशहरूको भिसामा कडाइ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

जसमा नेपाल पनि परेको छ । नेपालसहित भारत, बंगलादेश र भुटानका विद्यार्थीका लागि भिसा जाँच प्रक्रिया कडा बनाएको हो । यी देशको विद्यार्थीको भिसा ‘हाइ रिस्क’मा राखिएको छ ।




भिसा प्रक्रिया रोकिएको भने होइन तर प्रक्रियाको लागि थप कागजात पेस गर्नुपर्ने छ । अस्ट्रेलियाले सन् २०२६ जनवरी ८ देखि नयाँ नीति लागू भएको समाचारमा जनाइएको छ । यो सँगै नेपालसहति जोखिममा राखिएको देशको लेभल पनि घटाइएको छ ।

घटुवामा पर्नेमा दक्षिण एसियाली देशहरू छन् । नेपालको लेभल २ बाट घटेर ३ मा पुगेको छ । भुटानको पनि २ बाट ३ लेभलमा पुगेको समाचारमा जनाइएको छ ।




बंगलादेश लेभल १ बाट लेभल ३ मा घटुवा भएको छ । श्रीलंका १ बाट लेभल २ मा झरेको छ । लेभल १ कम जोखि, लेभल २ मध्यम र लेभल ३ उच्च जोखिममा पर्छ ।

बैंकिक कागजात र शैक्षिक प्रमाणपत्रमा आशंका उब्जिएपछि अस्ट्रेलियाले यो नीति लिएको हो । अब पेस गर्ने कागजातको कडाइका साथ अध्ययन गरेपछि मात्र भिसा दिने छ । भाषा, वित्तिय विवरण, शैक्षिक प्रमाणपत्र र जान चाहनुको मनसायलगायतका वास्तिक प्रमाण आवश्यक पर्ने छ । यो प्रक्रियाले सयम लाग्ने र जानको लागि लागतसमेत बढ्न सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम