मुख्य समाचार
देउवा पक्षको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री र आफू विशेष महाधिवेशनप्रति दृढ रहेको बताए
देउवा पक्षको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री र आफू विशेष महाधिवेशनप्रति दृढ रहेको बताए

। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री र आफू विशेष महाधिवेशनप्रति दृढ रहेको बताएका छन् । शेरबहादुर देउवा पक्षले पाँच वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको केहीबेरमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘मेरो प्रतिक्रिया केवल यत्ति छ- कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दुवै दृढ छौं’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ ।’




साथै शर्माले सहमतिका लागि के कस्ता बुँदा प्रस्तुत गरिएको थियो भनेर समेत प्रस्तुत गरेका छन् ।

उनका अनुसार सहमतिका लागि प्रस्तावित ८ बुँदा थिए । उनले ति बुँदा उल्लेख गर्दै भनेका छन्, ‘कुन बुँदा कांग्रेस र देशको अहितमा थियो र छ ?’




शर्माका अनुसार विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने, विशेष महाधिवेशन परिमार्जनसहित पारित प्रस्तावहरू कार्यान्वयन गर्ने, सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने, उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने लगायतका विषय सहमतिका लागि प्रस्तुत गरिएका थिए ।

८ बुँदामा आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने, कुनै पनि दलसँग गठबन्धन नगरेर नेपाली काँग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने, नेपाली काँग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने र यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने विषय पनि थियो । यस्तो संरचनामा कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेताहरू रहने भनिएको थियो ।

त, यसमा सहमति हुन सकेन । त्यसपछि देउवा पक्षले महामन्त्रीद्वय थापा र शर्मा सहितका नेताहरूलाई कारबाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको शेरबहादुर देउवापक्ष निर्वाचन आयोग पुगेको छ । आयोग पुगेर यो पक्षले निवेदन समेत दिएको छ । देउवा पक्षको पत्रमा कांग्रेसले विशेष महाधिवेशनको आयोजना नगरेको उल्लेख छ । ‘जानकारी सम्बन्धमा’ भनेर दिइएको पत्रमा ‘नेपाली कांग्रेस पार्टीको नाममा यही पुस २६ देखि २८ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगरिएको’ उल्लेख छ । जबकी यही पुस ...
नेपाली कांग्रेस संस्थापनले गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेपछि विशेष महाधिवेशनस्थल भृकुटीमण्डपको माहोल झन् तातिएको छ । यसअघिभन्दा धेरै कार्यकर्ताको जमघट भृकुटीमण्डपमा देखिन्छ । ‘अब के होला ?, निर्वाचन आयोगले आधिकारिकता नदिए के होला ?,’ विशेष महाधिवेशन पक्षधर कार्यकर्ता अन्योलमा देखिन्छन् । कतै अब यही ...
। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहलाई कारबाही गर्ने निर्णय गरेको छ । सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उनीहरूलाई कारबाही गरेको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा इतर पक्षले भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी राखेको छ । यसैबीच पटकपटक संस्थापन पक्षीय नेताहरूसँग भएको वार्ता असफल भएपछि अन्तिम समयमा उनीहरूलाई ...
। महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ । महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिनेछन् । ‘सहकारी ठगीको मुद्दा यथावत् हो, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको ...
। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सभापति शेरबहादुर देउवाले आफू निर्वाचनको टिकटमा हस्ताक्षर नगर्न पनि तयार रहेको बताएको जानकारी दिएका छन् । पार्टी कार्यालय सानेपामा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा सहमतिका लागि भएको वार्ताको बारेमा जानकारी गराउँदै देउवाले भनेको कुरा उल्लेख गरेका हुन् । सभापति र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माबीच बुधबार बिहान भएको छलफलमा सभापतिले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम