मुख्य समाचार
विशेष महाधिवेशन निर्णायक मोडतर्फ अघिबढेपछि अब कांग्रेस विभाजनको सँघारमा पुगेको छ
विशेष महाधिवेशन निर्णायक मोडतर्फ अघिबढेपछि अब कांग्रेस विभाजनको सँघारमा पुगेको छ

। पार्टी रुपान्तरणको एजेण्डामा संस्थापन पक्ष तयार नभएपछि बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले बोलाएको विशेष महाधिवेशन निर्णायक मोडतर्फ अघिबढेपछि अब कांग्रेस विभाजनको सँघारमा पुगेको छ ।

महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा पेश गरेको पार्टीको आम संरचनात्मक सुधार लागयतका प्रस्ताव मंगलबार साँझ पारित भएका छन् । यी प्रस्ताव पारित हुँदै गर्दा महामन्त्री गगन थापाले आफूहरु विद्रोहमा सामेल भएकाले अब यही सन्देश लिएर जाने उद्घोष गरेका छन् ।

उनले अब कुनै पनि निर्णयहरू जारी महाधिवेशनको हल भन्दा बाहिरबाट नहुने भन्दै बाहिर चलिरहेको सहमतिको कोशिसले निष्कर्षमा पुन जटिल रहेको संकेत गरेका छन् ।

यता अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई कांग्रेसको भावी नेतृत्व र भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेका छन् । उनले पार्टी नवीन उर्जा लिएर आउने पनि उद्घोष गरेका छन् ।




विशेष महाधिवेशनमा बन्दसत्र चलिरहँदा मंगलबार दिउँसोबाट नै नेतृत्व चयनको लागि चुनावी प्रक्रिया अघि बढेको छ । नेतृत्वदायी पदमा आउनका लागि आकांक्षीहरूले फारम लिइरहेका छन् ।

महामन्त्री थापाले विशेष परिस्थितिमा अहिले विद्रोह अन्तर्गत महाधिवेशन भएकाले नेतृत्वका आकांक्षीहरूलाई अहिले उदार बन्न अपिल गरेका छन् ।

‘अब प्रक्रिया अघि बढिसकेको छ । कसैले यसलाई दखल अन्दाज गर्न मिल्दैन । हामीले छोटो समयका लागि यो नेतृत्व हाँक्ने हो । यसपछि नियमित महाधिवेशन गर्ने हो । यो बेलामा यो आन्दोलन अभियान र विद्रोह हो । सबैले म यो पदमा जानुपर्छ भन्ने सोच्न छोड्दिनुभयो भने यहाँ आउनुको अभियानको सार्थकता हुन्छ’ महामन्त्री थापाले महाधिवेशन प्रतिनिधिहरूलाई भने ।



संस्थापन पक्षसँग सहमतिका लागि सोमबार दिउँसोबाट नै प्रयास भएको थियो । आज दिनभर पनि संस्थापन पक्ष, शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षधरहरूबीच वार्ता भएको थियो । तर वार्तामा संस्थापन पक्ष विशेष महाधिवेशन पक्षधरहरूले राखेको प्रस्तावमा टसमस भएन ।

विशेष महाधिवेशन पक्षधरले पार्टी सुधारका प्रस्तावहरू पारित गर्नुपर्ने, शेरबहादुर देउवाले सभापति छोड्नुपर्ने, महाधिवेशनलाई स्वामित्व लिएर जानुपर्ने लगायतका प्रस्तावहरू राखेका थिए । तर यो प्रस्तावमा संस्थापन पक्ष तयार भएन ।

महाधिवेशनलाई नै संस्थापन पक्षले अवैधानिक भन्दै आएको छ । कांग्रेसले मंगलबार दिउँसोका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो । यता विशेष महाधिवेशन पक्षधरले के गर्छन् भन्ने पर्ख र हेरको नीतिमा रहेर संस्थापन पक्षका नेताहरूले बैठक गरेनन् । साँझ छोटो समयका लागि बैठक राखेर बुधबार बिहानका लागि बैठक सारिएको छ ।

यता विशेष महाधिवेशन पक्षधरहरूले पनि संवादलाई टुटाएका चाहिँ छैनन् । विशेष महाधिवेशन पक्षधरबाट गुरुराज घिमिरे, प्रदीप पौडेल, देवराज चालिसेले कुरा गरिरहेका छन् । तर, कुराकानी महाधिवेशनलाई अल्झाउने खालको रणनीतिमा मात्र केन्द्रित भएको देखिएपछि विशेष महाधिवेशन आफ्नो प्रक्रियामा भने रोकिएको छैन ।

मंगलबार विशेष महाधिवेशनस्थलमा वार्ताको नाममा अल्झिन नहुने भन्दै प्रतिनिधि र समर्थकहरूले नाराबाजी समेत गरेका थिए । यस कारण पनि अब विशेष महाधिवेशन नीति र नेतृत्वबारे निर्णय नगरी नहुने विन्दुमा पुगेको छ । नीतिबारे त दुई जना महामन्त्रीहरू प्रस्ताव पारित भएपछि टुंगिइनै सकेको छ । अब नेतृत्वबारे भने बुधबार टुंगो लाग्दै ।

यो बीचमा रातारात संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरको माग पुरा गर्ने गरी कुनै स्वीकार्य प्रस्ताव ल्याउला कि भन्ने झिनो आश त छ । तर विभाजनको स्पष्ट रेखा कोरिइसकेकाले सामान्य प्रस्तावले अब रोक्ने जस्तो देखिएको छैन ।

विशेष महाधिवेशनले कस्तो स्टेप चाल्छ त्यसको आधारमा महाधिवेशन आयोजनकहरूलाई के गर्ने भन्ने संस्थापन पक्षको रणनीति देखिन्छ । पार्टी कार्यालयमा पुगेका संस्थापन निकट केही नेताहरूले अब प्रक्रिया गगन थापा लगायतका नेताहरूलाई कारबाही निर्णय हुनसक्ने बताएका छन् । आज राती नै कुनै सहमतिको विन्दु नभेटे भोलि बस्ने बैठकले त्यो निर्णय गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो दुई दिनमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेका अनुगमन क्रममा ३१ उद्योग तथा व्यावसायिक फर्ममाथि कारबाही र निर्देशन जारी गरेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ र उपभोक्ता संरक्षण नियमावली २०७६ बमोजिम विभागको अनुगमन टोलीले खाद्य वस्तु, निर्माण सामग्री तथा बेकरी उद्योगहरूको निरीक्षण गरेको हो । मंगलबार गरिएको अनुगमन क्रममा ...
। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विशेष महाधिवेशन पक्षधरसँग भइरहेका छलफल सफलता उन्मुख नरहेको बताएका छन् । जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सहमतिका लागि हदैसम्म लचकता अपनाउँदा पनि समाधान ननिस्किएको बताएका हुन् । उनले बैठकमा भने, ‘हामीले धेरै प्रयास गर्‍यौँ । धेरै नै लचकता अपनाउँदा पनि अहिसम्म समाधान हुन सकेको छैन । छलफलले ...
। इजरायल र ओमानसँग श्रम सम्झौता गर्न नेपालले सम्बन्धित देशलाई पत्राचार गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत इजरायल र ओमानलाई श्रम सम्झौताका लागि पत्र पठाएको हो । २१ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले ओमानसँग श्रम समझदारीपत्र र इजरायलसँगको श्रम सम्झौता स्वीकृति गर्ने निर्णय गरेको थियो । सोही अनुसार श्रम मन्त्रालयले परराष्ट्र मार्फत ...
क्यान्सर प्रभावित विपन्न नागरिकको उपचार सहयोगार्थ मध्यपहाडी लोकमार्गमा साइकल यात्रा सुरु
। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री र आफू विशेष महाधिवेशनप्रति दृढ रहेको बताएका छन् । शेरबहादुर देउवा पक्षले पाँच वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको केहीबेरमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘मेरो प्रतिक्रिया केवल यत्ति छ- कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम