मुख्य समाचार
नेपाल फुटबल संघ (एन्फा) को वार्षिक बजेट डेढ अर्ब भन्दा बढी पारित
नेपाल फुटबल संघ (एन्फा) को वार्षिक बजेट डेढ अर्ब भन्दा बढी पारित

। नेपालको सबैभन्दा चर्चित खेल संघ अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक बजेट डेढ अर्ब भन्दा बढी पारित भएको छ ।

अर्ली इलेक्सनको घोषणाले विवादमा परेको एन्फाले यस विषयलाई पन्छाउँदै बुधबार बनेको एन्फा कार्यसमिति बैठकले आर्थिक बैठकले १ अर्ब ५६ करोडको बजेट पारित गरेको छ ।




सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मुख्यालयमा बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ (सन् २०२६) का लागि १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँ बजेट पारित गर्ने निर्णय भएको प्रवक्ता सुरेश शाहद्वारा विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राष्ट्रिय टिमका लागि मेरुदण्ड मानिने शीर्ष श्रेणीको शहीद स्मारक ए डिभिजन लिग गर्न संघर्ष गरिरहेको एन्फाले वार्षिक बजेट भने डेढ अर्ब माथिको पारित गरेको हो ।




यस्तै बैठकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को संघको लेखा परीक्षण प्रतिवेदन पारित गर्ने निर्णय पनि गरेको विज्ञप्तीमा उल्लेख छ ।

तर एन्फा कार्यसमिति बैठकले अर्ली इलेक्सनको विषयमा पछिल्लो समय देखिएको विवाद र अदालतको निर्णयमाथि भने कुनै निर्णय गरेको छैन । यस विषयमा एन्फा नेतृत्व मौन देखिएको छ ।



पुस १६ गत बसेको एन्फा कार्यमसिति बैठकले माघ २८ गते झापामा एन्फाको अग्रिम निर्वाचन गर्ने निर्णय गर्दै त्यसको लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।

यसैबीचमा खेलकुदको कार्यकारी निकाय राष्ट्रि यखेलकुद परिषद (राखेप) ले जिल्ला देखि नै तहगत निर्वाचन गर्दै विधान संशोधन गरेर मात्र केन्द्रको निर्वाचन गर्न भन्दै एन्फालाई पत्र पठाएको छ भने पाटन उच्च अदालतले पनि निर्वाचन सम्बन्धि कुनै पनि प्रक्रिया अघि नबढाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

राखेपको निर्देशनलाई अटेर गर्दै एन्फा अगाडि बढेपछि गोरखा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले गएको पुष २५ गते पाटन उच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

त्यसमा पाटन उच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै यसमा अन्तरिम आदेश जारी गर्नुपर्ने हव वा होइन भन्ने निर्णयका लागि माघ ६ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

राखेप र अदालतको निर्देशनलाई समेत वेवास्ता गर्दै एन्फा भने जसरी पनि निर्वाचन गर्ने जोडमा लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...