मुख्य समाचार
कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी विभाजनबाट जोगाउन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नै भूमिका खेल्नुपर्ने बताए
कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी विभाजनबाट जोगाउन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नै भूमिका खेल्नुपर्ने बताए

। नेपालील कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी विभाजनबाट जोगाउन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नै भूमिका खेल्नुपर्ने बताएका छन् ।

मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले पार्टी विभाजन हुने अवस्थामा पुगे सबैभन्दा ठूलो क्षति महामन्त्रीहरूले बेहोर्ने बताएका हुन् ।




‘विभाजनको बाटोमा जाने हो भने उहाँहरूले चुनाव पनि गुमाउनुहुन्छ, पार्टी पनि । पार्टी फुटाएर गएपछि महाधिवेशनमा भाग लिन पाउनुहुन्न,’ उनले भने, ‘त्यसकारण मलाई विश्वास छ- उहाँहरू सहमतिमा आउनुहुन्छ ।’

उनले पार्टी विभाजन हुँदा महामन्त्री र कांग्रेस दुवैलाई घाटा हुने पनि बताए ।
‘पार्टी फुटाएर फाइदा छैन । कुनै न कुनै सम्झौतामा आउनुहुन्छ । पार्टी फुटाउने बाटोमा योग्य, पपुलर नेताहरू लाग्नुहुँदैन भन्ने विश्वास छ । उहाँहरू जत्तिको मान्छे नहुँदा कांग्रेसलाई पनि घाटा हुन्छ । तर यो भन्दा धेरै क्षति उहाँहरूले बेहोर्नुपर्छ ।’


सहमति नभए महामन्त्रीहरूलाई काबारही गर्नुहुन्छ? भन्ने प्रश्नमा उनले भने, ‘उहाँहरूले अर्को पार्टी बनाउनु भयो भने निष्काशन गर्नै परेन आफैँ निष्काशन भइहाल्यो नि ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताएका छन् । पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैंमा एउटा विद्रोह भएको उनको भनाइ छ । बन्दसत्रको समापन समारोहमा बोल्ने क्रममा थापाले भनेका छन्, ‘यो विद्रोह हो । प्रश्न गर्नु आफैंमा एउटा विद्रोह हो । मौनता साध्नु भनेको मृत्युलाई अँगाल्नु जस्तै हो ।’ उनले आफूलाई ...
। घनश्याम भूसाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) र राजकुमार कक्षपति संयोजकत्वको नेकपा (वामपंथी केन्द्र) एक भएका छन् । दुई पार्टीबीच एकताका आधारमा मार्क्सवाद–लेनिनवाद तथा मानव जातीले प्राप्त गरेका स्वतन्त्रता र मुक्तिका मूल्यहरुको मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको अभ्यास र विकास गर्दै वैज्ञानिक समाजवादको ध्येयमा अगाडि बढ्ने रहेको छ । विश्व साम्राज्यवाद तथा वित्तीय पुँजीवादले सिर्जना गरेका सबै खालका ...
। नेपाली कांग्रेसभित्र सहमतिको सम्भावना क्षीण बन्दै गएको छ । विशेष महाधिवेशन पक्षबाट वार्तामा सहभागी एक नेताका अनुसार अब सहमति हुने सम्भावना अन्त्यन्तै न्यून रहेको छ । वार्तामा सहभागी ती नेताले अनलाइनखबरसँग भने, ‘कार्यकारी भूमिकाबाट सभापति हट्नुपर्ने विषयमा उहाँहरू तयार हुनुभएन । सभापतिसँग कुरा गरेर आउँछौ भनेर जानुभएको फर्कनु भएन । कार्यकारी भूमिकामा हट्न सभापति तयार ...
गत आर्थिक वर्ष नै घरायसी प्रयोजनमा खपत हुने ग्यास सिलिन्डरमा अनुदान दिने भनेको आयल निगमले अहिलेसम्म उक्त व्यवस्था कार्यान्वयनमा नल्याएर उपभोक्तालाई ढाँटेको छ
। नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी छाडेपछि सामान्यतया: निष्कासन लगायत कारबाहीका प्रक्रिया अघि बढ्ने बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताएका हुन् । कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा चलिरहेको छ । उता, सानेपामा भने केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम