मुख्य समाचार
नेपाली कांग्रेसभित्र सहमतिको सम्भावना क्षीण बन्दै
नेपाली कांग्रेसभित्र सहमतिको सम्भावना क्षीण बन्दै

। नेपाली कांग्रेसभित्र सहमतिको सम्भावना क्षीण बन्दै गएको छ । विशेष महाधिवेशन पक्षबाट वार्तामा सहभागी एक नेताका अनुसार अब सहमति हुने सम्भावना अन्त्यन्तै न्यून रहेको छ ।

वार्तामा सहभागी ती नेताले अनलाइनखबरसँग भने, ‘कार्यकारी भूमिकाबाट सभापति हट्नुपर्ने विषयमा उहाँहरू तयार हुनुभएन । सभापतिसँग कुरा गरेर आउँछौ भनेर जानुभएको फर्कनु भएन । कार्यकारी भूमिकामा हट्न सभापति तयार नभएर नै पुनः छलफलमा नआएको बुझियो । उहाँहरूको तर्फबाट फेरि छलफल गर्ने कुरा आएको छैन । तर, पनि हाम्रो तर्फबाट एक पटक प्रयास गर्छौ ।’


उनले अगाडि भने, ‘सबै कुरामा सहमति जुटे विशेषको स्वामित्व लिने कुरा हो । सहमति जुट्न नसके स्वामित्वको लागि कुरा मिलेको भन्न पनि सकिएन ।’

नियमित महाधिवेशन हुने बेलासम्म पार्टी सञ्चालनका लागि एउटा विशेष संयन्त्र बनाएर जाऔं भनेर आफूहरूले विकल्पको प्रस्ताव पनि गरेको उनको भनाइ छ । सभापति सक्रिय राजनीतिबाट हटे मात्रै त्यो संयन्त्र बन्ने कुरा आफूहरूले वार्तामा स्पष्ट रूपमा राखेको उनले सुनाए ।


उनले भने, ‘विशेष महाधिवेशन दुई दिन लम्बिइसकेको छ । सहमति हुन्छ भन्ने आशा राख्दै प्रतिनिधि रोकिराख्न पनि अब सम्भव हुँदैन । उहाँहरूको तर्फबाट संवादको क्रम टुङ्ग्याए जस्तो देखिन्छ । तर, हाम्रो तर्फबाट छलफल गर्न प्रयास गर्छौ । उहाँहरू तयार नभए निर्वाचन प्रक्रिया अघि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताएका छन् । पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैंमा एउटा विद्रोह भएको उनको भनाइ छ । बन्दसत्रको समापन समारोहमा बोल्ने क्रममा थापाले भनेका छन्, ‘यो विद्रोह हो । प्रश्न गर्नु आफैंमा एउटा विद्रोह हो । मौनता साध्नु भनेको मृत्युलाई अँगाल्नु जस्तै हो ।’ उनले आफूलाई ...
। घनश्याम भूसाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) र राजकुमार कक्षपति संयोजकत्वको नेकपा (वामपंथी केन्द्र) एक भएका छन् । दुई पार्टीबीच एकताका आधारमा मार्क्सवाद–लेनिनवाद तथा मानव जातीले प्राप्त गरेका स्वतन्त्रता र मुक्तिका मूल्यहरुको मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको अभ्यास र विकास गर्दै वैज्ञानिक समाजवादको ध्येयमा अगाडि बढ्ने रहेको छ । विश्व साम्राज्यवाद तथा वित्तीय पुँजीवादले सिर्जना गरेका सबै खालका ...
। नेपालील कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी विभाजनबाट जोगाउन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नै भूमिका खेल्नुपर्ने बताएका छन् । मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले पार्टी विभाजन हुने अवस्थामा पुगे सबैभन्दा ठूलो क्षति महामन्त्रीहरूले बेहोर्ने बताएका हुन् । ‘विभाजनको बाटोमा जाने हो भने उहाँहरूले चुनाव पनि गुमाउनुहुन्छ, पार्टी पनि । पार्टी फुटाएर गएपछि महाधिवेशनमा भाग लिन ...
गत आर्थिक वर्ष नै घरायसी प्रयोजनमा खपत हुने ग्यास सिलिन्डरमा अनुदान दिने भनेको आयल निगमले अहिलेसम्म उक्त व्यवस्था कार्यान्वयनमा नल्याएर उपभोक्तालाई ढाँटेको छ
। नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी छाडेपछि सामान्यतया: निष्कासन लगायत कारबाहीका प्रक्रिया अघि बढ्ने बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताएका हुन् । कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा चलिरहेको छ । उता, सानेपामा भने केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम