मुख्य समाचार
ट्रम्पले जस्तोसुकै कदम चालेर आर्कटिक क्षेत्रको ग्रीनल्यान्डलाई आफ्नो कब्जामा लिने नयाँ प्रतिबद्धता दोहोर्‍याएपछि उत्तरी ध्रुवीय क्षेत्रमा तनाव
ट्रम्पले जस्तोसुकै कदम चालेर आर्कटिक क्षेत्रको ग्रीनल्यान्डलाई आफ्नो कब्जामा लिने नयाँ प्रतिबद्धता दोहोर्‍याएपछि उत्तरी ध्रुवीय क्षेत्रमा तनाव

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तोसुकै कदम चालेर आर्कटिक क्षेत्रको ग्रीनल्यान्डलाई आफ्नो कब्जामा लिने नयाँ प्रतिबद्धता दोहोर्‍याएपछि उत्तरी ध्रुवीय क्षेत्रमा तनाव बढेको छ ।

कूटनीतिक घटनाक्रमहरू तीव्र गतिमा अघि बढ्दै गर्दा ग्रीनल्यान्डका प्रधानमन्त्री जेन्स-फ्रेडरिक नील्सन र नेटोका महासचिव मार्क रुटले यस टापुको सुरक्षामा कुनै पनि सम्झौता नहुने र यो पश्चिमी गठबन्धनको अभिन्न अंग रहेको कुरा दोहोर्‍याएका छन् ।




डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनसँगै कोपेनहेगनबाट सम्बोधन गर्दै प्रधानमन्त्री नील्सनले ह्वाइट हाउसलाई कडा सन्देश दिएका छन्। नील्सनले ग्रीनल्यान्ड आफैंमा लोकतान्त्रिक समाज हुनुका साथै आफ्नो सुरक्षाका लागि नेटोसँग आबद्ध रहेकाले कुनै पनि परिस्थितिमा अमेरिकी कब्जालाई स्वीकार गर्न नसक्ने बताए ।

डेनिस प्रधानमन्त्री फ्रेडरिक्सनले अझ अगाडि बढेर चेतावनी दिँदै अमेरिकाले बलपूर्वक यस क्षेत्रलाई गाभ्ने प्रयास गरेमा त्यो अन्तर्राष्ट्रिय कानुनको उल्लंघनसँगै नेटोको औचित्य सकिने बताइन ।




‘वर्षौंदेखि रूस मामिलामा अनावश्यक नपर्न नेटोले आर्कटिक क्षेत्रमा आफ्नो उपस्थितिलाई न्यून राखेको थियो। तर, त्यो नीति आज औपचारिक रूपमा अन्त्य भएको छ,’ नेटो प्रमुख मार्क रुटले आर्कटिक सुरक्षालाई मजबुत बनाउन गठबन्धनले व्यावहारिक कदमहरूबारे छलफल गरिरहेको घोषणा गर्दै भने ।

बेलायत र जर्मनीले एउटा नयाँ सैन्य मिसनको प्रस्ताव अघि सारेका छन्, जसलाई ‘आर्कटिक सेन्ट्री’ नाम दिइने सम्भावना रहेको बताइएको छ । यो कदम यसै महिनाको सुरुमा भएको ‘लुन्ना हाउस’ सम्झौता पछिको हो, जसले इतिहासमै पहिलोपटक नर्वेली आर्कटिकमा बेलायती कमाण्डोहरूको तैनाथीलाई स्थायी बनाएको छ।

ब्रसेल्सका कूटनीतिज्ञहरूका अनुसार यी कदमहरू ग्रीनल्यान्डलाई अमेरिकी नियन्त्रणमा जान नदिई युरोपेली र नेटोको क्षेत्राधिकारभित्रै राख्नका लागि चालिएका रणनीतिक चालहरू हुन्।

यो तनाव बढ्नुको पछाडि दुईवटा मुख्य कारण छन्: स्रोतसाधनको प्रतिस्पर्धा र सुरक्षा अभाव । ध्रुवीय हिउँ पग्लिएसँगै नयाँ समुद्री व्यापारिक मार्गहरू खुल्दैछन् र ग्रीनल्यान्डमा रहेको दुर्लभ खनिजको भण्डार विश्वव्यापी प्रविधि उद्योगका लागि मुख्य आकर्षण बनेको छ।

राष्ट्रपति ट्रम्पले रूस वा चीनले यो टापु कब्जा गर्न सक्ने भएकाले अमेरिकी नियन्त्रण आवश्यक रहेको तर्क गरेका छन्। तर, ग्रीनल्यान्डका अधिकारीहरूले यसलाई अस्वीकार गर्दै आफ्नो जलक्षेत्रमा मस्को वा बेइजिङको कुनै पनि असामान्य गतिविधि नदेखिएको बताएका छन्।

यो कूटनीतिक संकटको केन्द्र अब भोलि, बुधबार, जनवरी १४ मा वासिङ्टन डिसीतर्फ मोडिनेछ। डेनिस विदेशमन्त्री लार्स लोके रासमुसेन र ग्रीनल्यान्डकी भिभियन मोट्जफेल्डले अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भेन्ससँग भेट्ने कार्यक्रम छ।

रासमुसेनका अनुसार, यो बैठकको उद्देश्य एक-अर्काको धारणा स्पष्ट बुझ्नु र हाल विश्वकै शक्तिशाली सैन्य गठबन्धनलाई जोखिममा पारिरहेको यो कूटनीतिक टकरावलाई कम गर्नु हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम