मुख्य समाचार
माघे सङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा
माघे सङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा

। माघे सङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले मेलाको सम्पूर्ण तयारी सकिएको जानकारी दिँदै यस वर्ष तीन लाखले मेला भर्ने अनुमान गरिएको बताए ।

ज्योतिषीय गणना अनुसार सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको दिनलाई मकर सङ्क्रान्ति (माघे सङ्क्रान्ति) भनिन्छ । माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले धार्मिक पुण्य प्राप्ति हुने मान्यता र जनविश्वास रहिआएको बरालले बताए । साथै पवित्र त्रिशूली नदी र कालीगण्डकी नदीको देवघाटमा मिलन पनि मकर सङ्क्रान्तिको दिन भएको विश्वास रहिआएको उनले बताए ।

मेलाअवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र फर्कदा देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको बरालले जानकारी दिए ।

नवलपुरतर्फका भक्तजनहरू हर्दीको कालीगण्डकीको पुल तरेर देवघाट आउन सक्छन् । साथै मुग्लिनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिँधै देवघाटधाम प्रवेश गर्ने र फर्कदा सोही बाटोबाट फर्किने व्यवस्था मिलाइएको छ ।

चिवनतर्फबाट आउने सवारीसाधनको पार्किङका लागि साना सवारीसाधनलाई सीताराम संस्कृत माविको परिसरभित्र व्यवस्था मिलाइएको छ भने ठूला सवारीसाधन (बस, मिनीबस, माइक्रो) आदिका लागि दाहसंस्कार स्थल प्रवेशद्वार (चन्द्रलोक स्वर्गद्वार) बाट उत्तर–पूर्वक्षेत्रमा रहेको बसपार्कमा पार्किङको व्यवस्था मिलाइएको बरालले जानकारी दिए ।

तनहुँतर्फ पैदल मार्गबाट प्रवेश गर्दा पुलको मुख, हरिहर चोक, हरिहर मन्दिर, गलेश्वर चोक हुँदै वेणीसङ्गम र फर्कदा वेणीसङ्गम, गलेश्वर आश्रम, गलेश्वर चोक, चक्रवर्ती मन्दिर, महेश सन्यास आश्रम, टाउन चोक, हरिहर चोक हुँदै पुलको मुख निस्कने मार्ग कायम गरिएको छ ।

देवघाट क्षेत्र विकास समितिले तीर्थयात्रीको यात्रा सरल, सहज, सुविधाजनक र सुरक्षित होस् भन्ने उद्देश्यले तनहुँ, चितवन र नवलपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भरतपुर महानगरपालिकाका प्रमुखसँग समन्वय गरेको समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले जानकारी दिए । उक्त दिन तीन सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ ।

तीर्थस्थलमा धुम्रपान, मांस, मदिरा एवं सुर्तीजन्यपदार्थ निषेध गरिएको छ । ती वस्तुहरू बिक्रीवितरण, ओसारपसार तथा सेवन नगरी सहयोग पु¥याउन समितिका अध्यक्ष डा लौडारीले आग्रह गरे । “वेणीमा स्नान गर्ने क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ । सो क्षेत्रभन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने सङ्केत दिइएको छ”, उनले भने ।

आज बिहान देवघाटधामका विभिन्न आश्रमका पीठाधीशहरूको उपस्थितिमा धार्मिक विधि अनुसार वेणीसङ्गममा लिङ््गो गाडेर मेलाको शुभारम्भ गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताएका छन् । पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैंमा एउटा विद्रोह भएको उनको भनाइ छ । बन्दसत्रको समापन समारोहमा बोल्ने क्रममा थापाले भनेका छन्, ‘यो विद्रोह हो । प्रश्न गर्नु आफैंमा एउटा विद्रोह हो । मौनता साध्नु भनेको मृत्युलाई अँगाल्नु जस्तै हो ।’ उनले आफूलाई ...
। घनश्याम भूसाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) र राजकुमार कक्षपति संयोजकत्वको नेकपा (वामपंथी केन्द्र) एक भएका छन् । दुई पार्टीबीच एकताका आधारमा मार्क्सवाद–लेनिनवाद तथा मानव जातीले प्राप्त गरेका स्वतन्त्रता र मुक्तिका मूल्यहरुको मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको अभ्यास र विकास गर्दै वैज्ञानिक समाजवादको ध्येयमा अगाडि बढ्ने रहेको छ । विश्व साम्राज्यवाद तथा वित्तीय पुँजीवादले सिर्जना गरेका सबै खालका ...
। नेपालील कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी विभाजनबाट जोगाउन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नै भूमिका खेल्नुपर्ने बताएका छन् । मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले पार्टी विभाजन हुने अवस्थामा पुगे सबैभन्दा ठूलो क्षति महामन्त्रीहरूले बेहोर्ने बताएका हुन् । ‘विभाजनको बाटोमा जाने हो भने उहाँहरूले चुनाव पनि गुमाउनुहुन्छ, पार्टी पनि । पार्टी फुटाएर गएपछि महाधिवेशनमा भाग लिन ...
। नेपाली कांग्रेसभित्र सहमतिको सम्भावना क्षीण बन्दै गएको छ । विशेष महाधिवेशन पक्षबाट वार्तामा सहभागी एक नेताका अनुसार अब सहमति हुने सम्भावना अन्त्यन्तै न्यून रहेको छ । वार्तामा सहभागी ती नेताले अनलाइनखबरसँग भने, ‘कार्यकारी भूमिकाबाट सभापति हट्नुपर्ने विषयमा उहाँहरू तयार हुनुभएन । सभापतिसँग कुरा गरेर आउँछौ भनेर जानुभएको फर्कनु भएन । कार्यकारी भूमिकामा हट्न सभापति तयार ...
गत आर्थिक वर्ष नै घरायसी प्रयोजनमा खपत हुने ग्यास सिलिन्डरमा अनुदान दिने भनेको आयल निगमले अहिलेसम्म उक्त व्यवस्था कार्यान्वयनमा नल्याएर उपभोक्तालाई ढाँटेको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम