मुख्य समाचार
महिला टी-२० विश्वकप ग्लोबल छनोट : वार्म अप खेलमा नेपालले आयरल्यान्डसँग खेल्दै
महिला टी-२० विश्वकप ग्लोबल छनोट : वार्म अप खेलमा नेपालले आयरल्यान्डसँग खेल्दै

। आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको पहिलो वार्म अप खेलमा नेपाली टोलीले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दैछ ।

खेल बुधबार विहान ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ। नेपाली महिला टोलीले हालसम्म आयरल्यान्डसँग खेलेको छैन ।

यो खेल आधिकारिक रूपमा कतै मान्य नहुने भएपनि छनोटको मुख्य खेलअघि एक्सपोजरका लागि महत्वपूर्ण हुनेछ ।

आयरल्यान्डले यसअघि चारपटक महिला टी-२० विश्वकप खेलेको छ । पछिल्लोपटक सन् २०२३ मा भएको विश्वकप खेलेको थियो । महिला टी-२०आई वरियतामा नवौं स्थानमा छ ।

नेपालले यसअघि अमेरिकासँग तीनवटा अनि स्कटल्यान्डसँग एक अभ्यास खेल खेलेको थियो ।

अमेरिकासँगको २ खेल जित्दा एक खेलमा पराजित भएको थियो भने स्कटल्यान्डसँग पराजित भएको थियो ।

आयरल्यान्ड र अमेरिकासँगको वार्म अप खेलपछि नेपालले समूह चरणमा थाइल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बाबेसँग खेल्नेछ ।

समूह चरणमा शीर्ष ३ भएर सुपर सिक्समा नेपालले अर्को समूहबाट आएका ३ टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ । सुपर सिक्समा शीर्ष ४ मा रहन सके नेपाल विश्‍वकपमा छनोट हुनेछ ।

नेपालका खेलहरू

जनवरी १४ : आयरल्यान्डसँग वार्म अप खेल
जनवरी १६ : अमेरिकासँग वार्म अप खेल

जनवरी १८ : थाइल्यान्डसँग समूह चरणको खेल
जनवरी २२ : नेदरल्यान्ड्ससँग समूह चरणको खेल
जनवरी २४ : जिम्बाबेसँग समूह चरणको खेल
जनवरी २६ : स्कटल्यान्डसँग समूह चरणको खेल

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...