मुख्य समाचार
मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता निकासा गरी अनियमितता गरेको आरोपमा वडाध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता निकासा गरी अनियमितता गरेको आरोपमा वडाध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

: मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता निकासा गरी अनियमितता गरेको आरोपमा वडाध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दोलखा मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष ईश्वर कोइरालासहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।


आयोगले मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष कोइरालासहित सोही वडा कार्यालयका तत्कालीन वडा सचिव विजय उप्रेती र कार्यालय सहायक दलबहादुर थापाविरुद्ध सामाजिक सुरक्षा भत्ता बापतको रकम हिनामिना गरेको आरोपमा सोमबार विशेष अदालत काठमाडौंमा मु्द्दा दायर गरेको हो।


आयोगका अनुसार वडाअध्यक्ष कोइरालासहित तीनैजनाविरुद्ध मूत्यु भइसकेका व्यक्तिको किर्ते सहीछाप गरी सामाजिक सुरक्षा भत्ता वाफतको रकम निकाली हिनामिना गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा मृत्यु भइसकेका १४ जना लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता वितरण भरपाइको सक्कल कागजातमा लाभग्राहीको दस्तखत हुने खण्डमा वडाअध्यक्ष कोइरालाले बदनीयतपूर्वक आफ्नो दायाँ बायाँ हातको बुढी औंलाको छाप लगाइ ८ हजार रुपैयाँ भुक्तानी लिएको खुल्न आएको अख्तियारको ठहर छ।



यस्तै कार्यालय सहायक थापाले सामाजिक सुरक्षा भत्ता वितरण भरपाइसहित १० जना लाभग्राहीको हस्ताक्षरको महलमा आफ्नो दायाँबायाँ हातको माझी औंलाको छाप लगाइ १ लाख रुपैयाँ भुक्तानी लिएको पाइएको अख्तियारको दावी छ। कार्यालयका तत्कालीन वडा सचिव उप्रेतीले पनि सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा लाभग्राहीको हस्ताक्षरको महलमा आफ्नो दायाँबायाँ हातको बुढी औंलाको छाप लगाइ ६४ हजार रकम भुक्तानी लिएको खुलेको छ।

सामाजिक सुरक्षा भत्ता वितरणमा किर्ते छाप लगाइ सरकारी भरपाइ अभिलेखमा मृत्यु भइसकेका तर अभिलेखमा लगत कट्टा नभएका लाभग्राहीहरूको हस्ताक्षरको महलमा बदनियतपूर्वक आफ्नो विभिन्न औंलाको औंठाछाप लगाइ लाभग्राहीहरूले पाउने रकम आफै भुक्तानी लिइ गैरकानुनी तरिकाले सरकारी कागजात सच्याउने,केरमेट गर्ने,थपघट गर्ने,हेरफेर गरी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै गतिविधि नगर्न अपील गरेको छ। विशेष महाधिवेशन पक्षधरलाई लक्षित गर्दै जारी गरेको विज्ञप्तिमा उनले भनेका छन्, 'देशको विषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ। यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित ...
: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफल गरेका छन्। छलफलमा डा. कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताएका हुन्। नेता कोइरालाले पार्टीलाई फुटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए। उनले आफू विष पिएरै भएपनि पार्टीभित्रको एकता ...
उपेन्द्र यादव पुगे निर्वाचन आयोग, लोसपासँग एकतापछि समानुपातिक बन्दसूचीमा साझा नाम बुझाउने तयारी
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हजारौं संख्यामा उपस्थित भएका महाधिवेशन प्रतिनिधिहरूको भेलालाई हल्का रूपमा नलिन आग्रह गरेका छन्। भुकुटीमण्डपमा बन्द सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भागबण्डाका लागि भेला गरेको हल्ला फैलाइएको बताए। 'यो त टिकेट र भागबण्डाका लागि गरिएको भनेर हल्ला फैलाइएको छ। यसले अझै के पुष्टि हुन्छ भने उनीहरूले हाम्रो कुरा बुझेकै छैनन्। हामीलाई ...
: नेकपा एमालेले शुक्रबार राजधानी प्रदेश घोषणा गर्ने भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा शुक्रबार एक समारोहको आयोजना गरी राजधानी प्रदेश संगठन कमिटी घोषणा गर्न लागेको हो। एमालेको सचिवालय बैठकले नारायण सिलवाल (काठमाडौं)को नेतृत्वमा ५ सदस्यीय पदाधिकारी रहेको राजधानी प्रदेश संगठन कमिटीको गठन गरेको छ। पदाधिकारीमा उपाध्यक्ष प्रेम महर्जन (ललितपुर ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम