मुख्य समाचार
ओलीको प्रमुख आतिथ्यतामा शुक्रबार एक समारोहको आयोजना गरी राजधानी प्रदेश संगठन कमिटी घोषणा
ओलीको प्रमुख आतिथ्यतामा शुक्रबार एक समारोहको आयोजना गरी राजधानी प्रदेश संगठन कमिटी घोषणा

: नेकपा एमालेले शुक्रबार राजधानी प्रदेश घोषणा गर्ने भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा शुक्रबार एक समारोहको आयोजना गरी राजधानी प्रदेश संगठन कमिटी घोषणा गर्न लागेको हो।




एमालेको सचिवालय बैठकले नारायण सिलवाल (काठमाडौं)को नेतृत्वमा ५ सदस्यीय पदाधिकारी रहेको राजधानी प्रदेश संगठन कमिटीको गठन गरेको छ। पदाधिकारीमा उपाध्यक्ष प्रेम महर्जन (ललितपुर ), सचिव मिलन धरेल (उपत्यका विशेष), उपसचिवद्वय शशिजंग थापा (भक्तपुर), वेलिमाया घले (काठमाडौं) रहेका छन्।


एमालेको संशोधित पारित विधान अनुसार काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला र उपत्यका विशेषअन्तर्गतका ४ जिल्लाको नेतृत्व गर्ने गरी राजधानी प्रदेश संगठन कमिटी गठन भएको हो। राजधानी प्रदेश संगठन कमिटी अन्तर्गतका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेश कमिटीका सदस्यहरू र उपत्यका विशेष कमिटीका पदाधिकारी र सदस्यहरू राजधानी प्रदेश संगठन कमिटीका सदस्य रहनेछन् ।



यसैगरी एमालेले बागमती प्रदेश संगठन कमिटी, सम्पर्क विशेष संगठन कमिटी, पार्टी नियमावलीमा संशोधन कमिटी पनि गठन भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै गतिविधि नगर्न अपील गरेको छ। विशेष महाधिवेशन पक्षधरलाई लक्षित गर्दै जारी गरेको विज्ञप्तिमा उनले भनेका छन्, 'देशको विषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ। यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित ...
: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफल गरेका छन्। छलफलमा डा. कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताएका हुन्। नेता कोइरालाले पार्टीलाई फुटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए। उनले आफू विष पिएरै भएपनि पार्टीभित्रको एकता ...
उपेन्द्र यादव पुगे निर्वाचन आयोग, लोसपासँग एकतापछि समानुपातिक बन्दसूचीमा साझा नाम बुझाउने तयारी
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हजारौं संख्यामा उपस्थित भएका महाधिवेशन प्रतिनिधिहरूको भेलालाई हल्का रूपमा नलिन आग्रह गरेका छन्। भुकुटीमण्डपमा बन्द सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भागबण्डाका लागि भेला गरेको हल्ला फैलाइएको बताए। 'यो त टिकेट र भागबण्डाका लागि गरिएको भनेर हल्ला फैलाइएको छ। यसले अझै के पुष्टि हुन्छ भने उनीहरूले हाम्रो कुरा बुझेकै छैनन्। हामीलाई ...
: मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता निकासा गरी अनियमितता गरेको आरोपमा वडाध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दोलखा मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष ईश्वर कोइरालासहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगले मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष कोइरालासहित सोही वडा कार्यालयका तत्कालीन वडा सचिव विजय उप्रेती र कार्यालय सहायक दलबहादुर थापाविरुद्ध सामाजिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम