मुख्य समाचार
२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा प्राविधिक परीक्षण कार्य सुरु
२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा प्राविधिक परीक्षण कार्य सुरु

: गोसाइँकुण्ड गाउँपालिका-५, स्याफ्रुबेसीमा मल्टी इनर्जी डेभलपमेन्ट प्रालिद्वारा निर्माण भएको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा आइतबार प्राविधिक परीक्षण कार्य सुरु भएको छ।

आयोजनाको बाँधस्थलको सफल परीक्षणपछि बालुवा थिग्राउने पोखरी, सुरुङ, पेन्स्टक लगायत आयोजनाअन्तर्गत निर्माण भएका संरचना तथा उपकरणहरूको चरणबद्ध प्राविधिक परीक्षण पुस २७ गतेदेखि सुरु भई परीक्षण सम्पन्न नहुँदासम्म निरन्तर जारी रहने आयोजनाले जनाएको छ।


आयोजना निमित्त प्रमुख नारायण सुवेदीका अनुसार प्राविधिक परीक्षणका क्रममा बाँधस्थलमा रहेका गेट तथा विद्युतगृहका उपकरणहरू समय–समयमा खोल्ने र बन्द गर्ने कार्य गरिने भएकाले कहिलेकाहीँ एकैपटक ठूलो मात्रामा पानी छोड्नुपर्ने अवस्था आउन सक्ने बताए। यसका कारण बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्रमा लाङटाङ खोलाको बहाव असामान्य रूपमा परिवर्तन हुन सक्ने भएकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आयोजना कार्यालयले आग्रह गरेको छ।



यस अवधिमा नदी क्षेत्रमा आवतजावत गर्ने, पौडी खेल्ने, माछा मार्ने, नुहाउने, लुगा धुने, बस्तुभाउ चराउने तथा नदीजन्य सामग्री उत्खनन जस्ता गतिविधिहरू अत्यन्त जोखिमपूर्ण हुने भन्दै सर्वसाधारणलाई नदी क्षेत्रभित्र प्रवेश नगर्न तथा नगराउन अनुरोध गरिएको छ।

साथै, परीक्षण अवधिमा कुनै असामान्य अवस्था वा सम्भावित जोखिम देखिएमा तत्काल आयोजना कार्यालय वा नजिकको प्रहरी चौकीमा जानकारी गराउन आयोजनाले आग्रह गरेको छ। यो आयोजना २०७७ सालदेखि सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विगु गाउँपालिका-१ को दुर्गम गाउँ लुमनाङमा बिजुली बत्ती बलेको छ। भौगालिक विकटता, कठोर मौसम, आधारभूत पूर्वधारका अभावमा जीवन बिताउँदै आएका लप्चीवासीको घरमा शुक्रबार रातिदेखि बिजुली बलेको हो। नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यक्षेत्र पर्ने विगु गाउँपालिका-१ को लुमनाङमा शुक्रबार रातीबाट बिजुली बलेको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यालय प्रमुख रोसनकुमार सिंहले बताए। ...
— इलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी 'एक्सएआई' यतिबेला गम्भीर विवादमा तानिएको छ । मस्कको सामाजिक सञ्जाल 'एक्स' (यसअघि ट्विटर) मा उपलब्ध एआई च्याटबोट 'ग्रोक' ले महिलाहरूको अनुमतिबिना उनीहरूको नग्न तस्बिर (डिजिटल अनड्रेसिङ) बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यम सिएनएनले जनाएको छ । पछिल्लो समय ग्रोकको प्रयोग गरी वास्तविक मानिसहरूका तस्बिरलाई तोडमोड गरेर आपत्तिजनक र ...
एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधार गर्न सन् २०२५ मा देशभर २ सय ५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको बताएको छ । साथै २२ सय टावरको क्षमता अभिवृद्धि गरको छ ।
युरोपेली मुलुक इटालीको प्रतिस्पर्धा नियामक निकायले अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि भारी जरिवना गरेको छ । इटालीको प्रतिस्पर्धा प्राधिकरण (एजीसीएम) ले एप्पल र उसका दुई विभागलाई ९८ मिलियन युरो जरिवाना तिराउने आदेश दिएको छ । यो भनेको करिब १६ अर्ब ५६ करोड नेपाली रुपैयाँ बराबर रकम हो । एप्पलले स्मार्टफोन एप बजारमा आफ्नो प्रभुत्वशाली हैसियतको ...
— काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने दोस्रो ‘घर निर्माण फेस्ट’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित घर निर्माण फाउन्डेसनको आयोजनामा पुस १२ देखि १५ गतेसम्म फेस्ट आयोजना हुन लागेको हो । फेस्टमा १५० भन्दा बढी स्टल रहनेछन् भने करिब २ सय करोड रुपैयाँको कारोबार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम