मुख्य समाचार
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने राष्ट्रिय लिग फुटबलको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने राष्ट्रिय लिग फुटबलको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ

: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा राष्ट्रिय लिग फुटबल सुरु हुँदैछ। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने राष्ट्रिय लिग फुटबलको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ।

लिगमा १७ क्लबको सहभागिता रहनेछ भने बुधबार हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुने छ। त्यस्तै बुधबार नै हुने दोस्रो खेलमा श्री भगवती क्लब र चर्च व्वाईज युनाइटेडबीच प्रतिस्पर्धा हुने छ।


राष्ट्रिय लिग फुटबल लागि आफूहरूले तयारी गरिसकेको र राम्रो नजिता ल्याउन क्लबका प्रशिक्षक र कप्तानहरूले जनाएका छन्। प्रतियोगिताअघि एन्फा कम्प्लेक्स सातदोबाटोमो आयोजित प्रिम्याच कन्फ्रेन्समा उनीहरूले नेपाली घरेलु लिग चलायमान हुन लागेकोमा खुसी व्यक्त गर्दै आफ्नो टिमको योजना सुनाएका थिए।



राष्ट्रिय लिगमा ए-डिभिजन क्लबहरू चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ, एनआरटी, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी क्लब, संकटा क्लब, फ्रेन्ड्स क्लब, एपीएफ क्लब, प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लब सहभागी हुँदैछन्।

त्यस्तै एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएका लालीगुराँस एशोसियनस, चित्लाङ क्लब, नव जनजागृति क्लब र काक्रेविहार स्पोट्र्स क्लब सहभागी हुँदैछन्। लिगको विजेता टोलीले ५० लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...