: आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगितको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले मंगलबार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ६ गतेदेखि हुन लागेको प्रत्यक्षतर्फको मनोनयन दर्ताको सम्पूर्ण कार्यक्रम रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।
रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाइएको छ। संसद् विघटनको माग गर्दै यसअघि दायर भएको रिट सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको र उक्त रिटलाई प्रभावित बनाउने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको रिट निवेदकको जिकिर छ।
रिट निवेदनको फैसलाको किनारा नहुन्जेलसम्म संविधान तथा कानुन व्यवस्थाको बर्खिलाप हुनेगरी गरिएका निर्वाचनसम्बन्धी कार्यहरू प्रथम दृष्टिमा असंवैधानिक तथा गैरकानुनी भएकाले उक्त कार्यक्रम तत्काल रद्द हुनुपर्ने रिट निवेदनमा उल्लेख छ।