: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता शुल्क निर्धारण भएको छ। जसअन्तर्गत सभापति पदको उम्मेदवारी दर्ता गर्न ३० हजार शुल्क तोकिएको निर्वाचन समितिले जनाएको छ।
यस्तै, उपसभापति र महामन्त्रीका लागि २५ हजार र सह-महामन्त्रीका लागि २० हजार शुल्क लाग्ने भएको छ।
केन्द्रीय सदस्यका लागि १० हजार शुल्क निर्धारण भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका अनुसार उक्त शुल्क कांग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन निर्देशिका २०८२ को अनुसूची ७ बमोजिम तोकिएको हो।