मुख्य समाचार
सिन्धुलीमा आफ्नै भतिजले गरे टंकमायाको हत्या, दुईजना पक्राउ
सिन्धुलीमा आफ्नै भतिजले गरे टंकमायाको हत्या, दुईजना पक्राउ

: सिन्धुलीको तीनपाटन गाउँपालिका-३ राम्चे कोलबोटेकी ५३ वर्षीया टंकमाया बुढाथोकीको हत्या आफ्नै भतिजको संलग्नता रहेको पुष्टि भएको छ।




तीनपाटन गाउँपालिका–३ राम्चेमै बस्ने वर्ष ३० का दीपक भन्ने शान्तीबहादुर बुढाथोकी र छिमेकी वर्ष २९ का सम्पत भन्ने चुक्तबहादुर कटुवालले टंकमायाको हत्या गरेको खुल्न आएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए।


शान्ति बहादुर बुढाथोकी मृतक टंकमायाको नातामा भतिज हुन्। उनी यसअघि २०७३ सालमा चोरी कसुरमा समेत दोषी ठहर भई एक वर्ष कैद सजाय भुक्तान गरी छुटेको प्रहरीको अभिलेखमा उल्लेख छ। टंकमायाको हत्यामा संलग्न दुवै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।



अनुसन्धानका क्रममा बुढाथोकी र कटुवाल दुवैले टंकमायाको हत्या गरेको स्वीकार गरेको प्रहरी प्रमुख सुवेदीको भनाइ छ। ‘उनीहरू दुवै जना लागुऔषध सेवाकर्ता हुन्। उनीहरूले लागुऔषधको नसामा घरमा एक्लै बस्दै आएकी टंकमायाको घाँटी थिचेर र टाउकोमा मुग्रोले हानी हत्या गरेको स्वीकार गरेका छन्,’ प्रहरी प्रमुख सुवेदीले भने।

५३ वर्षीया टंकमाया बुढाथोकी गत ९ गते बुधबार बिहानबाट एकाएक घरबाट हराएकी थिइन्। उनको खोजतलासका लागि ज्वाइँ भीमबहादुर थापाले इलाका प्रहरी कार्यालय बेलघारीमा जानकारी गराएपछि प्रहरीले हुलिया परिपत्र गरेर खोजतलास थालेको थियो।

टंकमाया बेपत्ता भएको घटनाको विषयमा अनुसन्धान गर्न सिन्धुलीका प्रहरी प्रमुख (एसपी) सुवेदीकै कमाण्डमा टोली खटिएको थियो। सोही क्रममा टंकमायाको घरमा प्रारम्भिक अनुसन्धान तथा घटनास्थलको जाँच गर्दा टंकमाया सुत्ने खाटमा रगत तथा दिसा लत्पतिएको अवस्था भेटिएपछि प्रहरीले थप अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयबाट ‘ट्रयाकर डग’ तथा विज्ञसहितको प्रहरी टोली परिचालन गरी खोजतलास सुरु गरेको थियो।

टंकमायाको खोजतलासका लागि प्रहरीले ड्रोन क्यामराको समेत प्रयोग गरेको थियो। तर १२ दिनपछि टंकमायाको शव घरबाट करिब १ किलोमिटर उत्तरतर्फ बाँसको झ्याङमा पात तथा पत्करले छोपिएको अवस्थामा फेला पारिएको थियो। उक्त घटनामा संलग्न दुवै जनामाथि थप अनुसन्धानका लागि सिन्धुली अदालतबाट थप पाँच दिनको म्याद थप गरिएको पनि प्रहरीले जनाएको छ। घटनामा अन्यको समेत संलग्नता छ कि भन्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै गतिविधि नगर्न अपील गरेको छ। विशेष महाधिवेशन पक्षधरलाई लक्षित गर्दै जारी गरेको विज्ञप्तिमा उनले भनेका छन्, 'देशको विषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ। यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित ...
: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफल गरेका छन्। छलफलमा डा. कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताएका हुन्। नेता कोइरालाले पार्टीलाई फुटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए। उनले आफू विष पिएरै भएपनि पार्टीभित्रको एकता ...
उपेन्द्र यादव पुगे निर्वाचन आयोग, लोसपासँग एकतापछि समानुपातिक बन्दसूचीमा साझा नाम बुझाउने तयारी
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हजारौं संख्यामा उपस्थित भएका महाधिवेशन प्रतिनिधिहरूको भेलालाई हल्का रूपमा नलिन आग्रह गरेका छन्। भुकुटीमण्डपमा बन्द सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भागबण्डाका लागि भेला गरेको हल्ला फैलाइएको बताए। 'यो त टिकेट र भागबण्डाका लागि गरिएको भनेर हल्ला फैलाइएको छ। यसले अझै के पुष्टि हुन्छ भने उनीहरूले हाम्रो कुरा बुझेकै छैनन्। हामीलाई ...
: मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता निकासा गरी अनियमितता गरेको आरोपमा वडाध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दोलखा मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष ईश्वर कोइरालासहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगले मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष कोइरालासहित सोही वडा कार्यालयका तत्कालीन वडा सचिव विजय उप्रेती र कार्यालय सहायक दलबहादुर थापाविरुद्ध सामाजिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम